३१ जेष्ठ २०८३, आईतवार
,
Latest
राजनीतिलाई सेवाको प्रतीकका रुपमा रुपान्तरण गर्नुपर्छः सभापति थापा अनुसन्धानदाताहरु भन्छन्- प्राज्ञिक अनुसन्धानले सुशासन र विकासमा पनि सघाउँछ विश्वकप फुटबलः २८ वर्षपछि पुनरागमन गरेको स्कटल्याण्डले हाइटीलाई हरायो ट्राफिक कारबाहीमा चार लाख ५८ हजार राजस्व संकलन विश्व रक्तदाता दिवस: सुरक्षित र पर्याप्त रगत आपूर्तिमा अझै असमानता हात्तीको आक्रमणमा परी एक महिलाको मृत्यु २१ किलो गाँजासहित एक जना पक्राउ मध्यपूर्वको तनावले रोकिएको नागढुङ्गा–नौबिसे सडक कालोपत्रे पुनः शुरु -तस्बिरसहित रास्वपा बागमतीको सभापतिमा उत्सव अर्याल विजयी परराष्ट्रमन्त्री खनाल चीन प्रस्थान
तपाईं के खोज्दै हुनुहुन्छ ?

३१ किलो गाँजासहित दुई जना पक्राउ



अ+ अ-

मलंगवा । सिन्धुलीबाट ३१ किलो गाँजासहित सर्लाही तर्फ आउँदै गरेका दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

सोमबार राति ज ३ त ७३८७ नम्बरको ट्याक्टरको ट्रेलरको मुनी लुकाएर ३१ किलो लागु औषध गाँजा ल्याउँदै गरेको अवस्थामा पक्राउ गरिएको थियो ।

पक्राउ पर्नेमा सिन्धुली मरिण गाउँपालिका ११ का २१ वर्षीय ट्याक्टर चालक डम्मरबहादुर मोक्तान र सोही ठाउँमा बस्ने ट्याक्टर धनीका २९ वर्षीय छोरा मंगलसिंह मोक्तान रहेको प्रहरी नायव उपरीक्षक विश्वराज खड्काले जानकारी दिए।

पूर्वी क्षेत्रबाट धमाधम गाँजा पक्राउ पर्न थालेपछि तस्करहरु जिल्लाका पश्चिमी क्षेत्रको बाटो प्रयोग गरेको प्रहरीले जनाएको छ ।