• ३ असार २०८१, सोमबार
  •      Mon Jun 17 2024
  •   Unicode
Logo

माइतबाट घर फर्कने क्रममा जबरजस्ती करणी गर्नेलाई दश वर्ष जेल



काठमाडौँ । ललितपुरमा जिल्ला अदालतले माइतबाट घर फर्कने क्रममा जबरजस्ती करणी गर्नेलाई दश वर्ष जेल सजाय सुनाएको छ । एक वर्ष पहिले भएको सामूहिक बलात्कारपछि हत्या प्रयाससम्बन्धी घटनाका तीनै अभियुक्तलाई जेल सजाए सुनाईएको हो ।

न्यायाधीश धनसिंह महराको इजलाशले शुक्रबार अभियुक्तहरू रघु सिलवाल, पवन कुवँर र विशालध्वज कार्कीलाई दोषी ठहर गर्दै जनही दश वर्ष जेल सजाय सुनाएको हो ।

सामुहिक बलात्कारमा १० वर्ष, ज्यान मार्ने उद्योगमा १० वर्ष र चोरीमा ६० दिन जेल सजाय सुनाएको जिल्ला अदालतका श्रेस्तेदार चन्द्रप्रकाश तिवारीले जानकारी दिए ।

उनीहरूमाथि २ मंसिर २०७४ मा सामुहिक बलात्कार र मार्ने उद्धेश्यले टाउकोमा ढुंगा प्रहार गरेर बेहोश बनाएको अभियोग थियो ।