३१ जेष्ठ २०८३, आईतवार
,
Latest
राजनीतिलाई सेवाको प्रतीकका रुपमा रुपान्तरण गर्नुपर्छः सभापति थापा अनुसन्धानदाताहरु भन्छन्- प्राज्ञिक अनुसन्धानले सुशासन र विकासमा पनि सघाउँछ विश्वकप फुटबलः २८ वर्षपछि पुनरागमन गरेको स्कटल्याण्डले हाइटीलाई हरायो ट्राफिक कारबाहीमा चार लाख ५८ हजार राजस्व संकलन विश्व रक्तदाता दिवस: सुरक्षित र पर्याप्त रगत आपूर्तिमा अझै असमानता हात्तीको आक्रमणमा परी एक महिलाको मृत्यु २१ किलो गाँजासहित एक जना पक्राउ मध्यपूर्वको तनावले रोकिएको नागढुङ्गा–नौबिसे सडक कालोपत्रे पुनः शुरु -तस्बिरसहित रास्वपा बागमतीको सभापतिमा उत्सव अर्याल विजयी परराष्ट्रमन्त्री खनाल चीन प्रस्थान
तपाईं के खोज्दै हुनुहुन्छ ?

माइतबाट घर फर्कने क्रममा जबरजस्ती करणी गर्नेलाई दश वर्ष जेल



अ+ अ-

काठमाडौँ । ललितपुरमा जिल्ला अदालतले माइतबाट घर फर्कने क्रममा जबरजस्ती करणी गर्नेलाई दश वर्ष जेल सजाय सुनाएको छ । एक वर्ष पहिले भएको सामूहिक बलात्कारपछि हत्या प्रयाससम्बन्धी घटनाका तीनै अभियुक्तलाई जेल सजाए सुनाईएको हो ।

न्यायाधीश धनसिंह महराको इजलाशले शुक्रबार अभियुक्तहरू रघु सिलवाल, पवन कुवँर र विशालध्वज कार्कीलाई दोषी ठहर गर्दै जनही दश वर्ष जेल सजाय सुनाएको हो ।

सामुहिक बलात्कारमा १० वर्ष, ज्यान मार्ने उद्योगमा १० वर्ष र चोरीमा ६० दिन जेल सजाय सुनाएको जिल्ला अदालतका श्रेस्तेदार चन्द्रप्रकाश तिवारीले जानकारी दिए ।

उनीहरूमाथि २ मंसिर २०७४ मा सामुहिक बलात्कार र मार्ने उद्धेश्यले टाउकोमा ढुंगा प्रहार गरेर बेहोश बनाएको अभियोग थियो ।