३१ जेष्ठ २०८३, आईतवार
,
Latest
पर्सामा एक सय किलो गाँजा पक्राउ दुर्गा प्रसाईं राजासंस्था र हिन्दुराष्ट्र कायम गर्ने एजेण्डाका ब्राण्ड हुन्, नयाँ पार्टी उहाँकै नेतृत्वमा अघि… प्रतिनिधिसभामा असार १ र २ गते मन्त्रालयगत विनियोजन शीर्षकमाथि छलफल हुने औद्योगिक कर्जाको ७२ प्रतिशत बागमतीमा केन्द्रित, कर्णालीमा ०.२५ प्रतिशत मात्रै पाँच वर्षभित्र सम्पूर्ण भवनलाई विपद् उत्थानशील बनाउने महानगरको घोषणा असार १ गतेदेखि सम्पूर्ण चिया उद्योग बन्द गर्ने व्यवसायीको चेतावनी नेपालमा आँखा उपचार सेवाको पहुँच बढे पनि अन्धोपनको जोखिम कायमै सुशासन, डिजिटल सेवा र शहरी व्यवस्थापन काठमाडौं महानगरको प्राथमिकतामा नेपाली चिया निर्यात अवरुद्धः तत्काल समाधानका लागि कूटनीतिक पहल गर्न सांसद नेम्बाङको सरकारसँग आग्रह काठमाडौं महानगरले ल्यायो फोहर व्यवस्थापनलाई ७ क्लस्टरमा विभाजन गरी सर्कुलर इकोनोमी प्रवर्द्धन गर्ने योजना
तपाईं के खोज्दै हुनुहुन्छ ?

रवीन्द्रको क्षेत्रमा उठ्दिँन, कुप्रचार नगरियोस् : वामदेव



अ+ अ-

काठमाडौँ — सत्तारूढ नेकपाका नेता वामदेव गौतमले हेलिकोप्टर दुर्घटनामा निधन भएका पर्यटनमन्त्री रवीन्द्र अधिकारीको निर्वाचन क्षेत्रमा उपचुनाव हुँदा आफू उम्मेदवार नहुने बताएका छन् ।

उनले शनिबार विज्ञप्ति जारी गरी स्वर्गीय अधिकारीको निर्वाचन क्षेत्र कास्की-२ मा आफू उम्मेदवार हुन लागेको भनेर दुष्प्रचार सुरु गरिएकामा आपत्ति जनाउँदै खण्डन गरेका हुन् ।

उनले पार्टीले आफूलाई उम्मेदवार बनाउने निर्णय गरेको खण्डमा पनि त्यसलाई स्वीकार नगर्ने उल्लेख गरेका छन् ।

‘श्रद्धाञ्जली दिन पोखरा पुगेको घटनालाई आधार बनाएर मलाई दिवंगत रवीन्द्रको निर्वाचन क्षेत्रबाट उम्मेदवार बन्ने आशा राखेको आरोप लगाइएको छ । यो मेरो चरित्र हत्या गर्ने निकृष्ट र षडयन्त्रमूलक विचार राखेर सुरु गरिएको कुप्रचारमात्र हो’ उनले विज्ञप्तिमा भनेका छन् ।

उनले मृत्युको शोकबाट आफूले व्यक्तिगत लाभ लिने काम कहिल्यै नगरेको र अब पनि नगर्ने उल्लेख गरेका छन् । गौतमले रवीन्द्रको खाली भएको निर्वाचन क्षेत्रमा उनकै परिवारबाट उम्मेदवार बनाउनुपर्ने धारणा अघि सारेका छन् ।

‘मृत्यु शोकमा पाइला टेकेर व्यक्तिगत स्वार्थ पूरा गर्ने विचारलाई मैले कहिल्यै मान्यता दिइन ।

जीवनभर दिने पनि छैन’ गौतमले विज्ञप्तिमा भनेका छन्, ‘मेरो इच्छाविपरीत पार्टीले निर्णय गरे छ भनेपनि म रवीन्द्रको दुःखद निधनबाट खाली भएको निर्वाचन क्षेत्रमा उम्मेदवार बन्ने छैन । मेरो सम्पूर्ण प्रयत्न स्वर्गीय रवीन्द्रको परिवारका सदस्यलाई नै उम्मेदवार बनाउन लगाउने छु ।’