५ आश्विन २०८३, सोमबार Monday, September 21, 2026
५ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar बाढी प्रभावितको पुनःस्थापनाबारे सञ्चारमन्त्री डा तिमिल्सिना र उत्तरगया गाउँपालिका अध्यक्षबीच छलफल News Polar ओलीलाई पोखरेलको आग्रह : ‘पार्टीलाई नयाँ नेतृत्वतर्फ लैजान अब बाटो खोलौं’ News Polar भोटेकोशी–त्रिशूली विपद् अध्ययन गर्न १५ सदस्यीय संसदीय विशेष समिति गठनको तयारी News Polar सभामुख अर्यालसँग भारतीय राजदूत श्रीवास्तवले गरे विदाई भेट News Polar बाढीपीडितको पुनःस्थापना र पुनर्निर्माणका लागि सरकारले सबै निकाय र पक्षसँग सहकार्य गरिरहेको छ : सञ्चारमन्त्री डा तिमिल्सिना News Polar जलन उपचारका लागि विशेषज्ञ जनशक्ति तयार गर्न ३० दिने तालिम सञ्चालन गर्दै स्वास्थ्य मन्त्रालय News Polar त्रिपुरेश्वर बस आगलागीमा घाइते चालकको ९० प्रतिशत शरीर जलेको चिकित्सकको भनाइ News Polar एउटै घरभित्र तीन दशकको इतिहास News Polar रसुवा–भोटेकोशी बाढीका सम्पर्कविहीनको तथ्यांक रुजु गरिँदै News Polar राष्ट्रसंघ महासभामा जानुअघि प्रधानमन्त्री शाहले कांग्रेस नेतासँग गरे छलफल News Polar बाढी प्रभावित क्षेत्रमा नेपाल टेलिकमद्वारा विभिन्न राहत तथा सञ्चार सुविधामा गरिएका थप व्यवस्था सम्बन्धम News Polar न्युयोर्कमा राष्ट्रसङ्घीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु News Polar उज्बेकिस्तानको समरकन्दमा चेस ओलम्पियाड, नेपाली खेलाडीहरु पनि प्रतिष्पर्धामा News Polar ओलीको असन्तुष्टि : बाहिरबाट हमला भइरहेका बेला पार्टीभित्रै समस्या सिर्जना भयो News Polar एमाले केन्द्रीय कमिटी बैठक सुरु,केन्द्रीय सदस्यलाई ३ मिनेट समय निर्धारण News Polar रिद्धिसिद्धी यातायातको बसमा चालकले लगाए आगो, घाइते चालक अस्पतालमा News Polar एमाले केन्द्रीय कमिटी बैठक सुरु News Polar त्रिपुरेश्वरमा रिद्धि सिद्ध यातायातको बसमा आगलागी News Polar परराष्ट्र मन्त्रालयमा जलवायु कूटनीति शाखा स्थापना News Polar नेपालगञ्जमा १५९औँ रामलिला घटस्थापनादेखि मञ्चन हुने

साउदी अरेबिया र युएईमा ओमिक्रोनको पहिलो केस

साउदी अरेबिया र युएईमा ओमिक्रोनको पहिलो केस
अ+ अ-

रियाद । साउदी अरेबिया र युएईमा कोरोनाभाइरसको ओमिक्रोन भेरियन्टको पहिलो केस पुष्टि भएको दुवै देशका स्वास्थ्य मन्त्रालयहरुले बुधबार जानकारी दिएको छ । “ओमिक्रोन भेरियन्टको एउटा केस राज्यमा पत्ता लागेको छ ।  

उत्तर अफ्रिकी देशबाट आएका एक नागरिकमा उक्त भेरियन्ट फेला परेको हो । ’ साउदी स्वास्थ्य मन्त्रालयका एक अधिकारीले राज्यद्धारा सञ्चालित समाचार समिति एसपीएलाई जानकारी दिएका छन् । सङ्क्रमित ती व्यक्तिलाई छुट्टै राखिएको र आवश्यक स्वास्थ्य उपायहरू दिइएको पनि बताइएको छ । 

छिमेकी राष्ट्र संयुक्त अरब इमिरेट्सले पनि आफ्नो देशमा पहिलो ओमिक्रोन केस पत्ता लागेको जनाएको छ । “एउटी अफ्रिकी महिला अफ्रिकी देशबाट अरब देश हुँदै आएकोमा उक्त भेरियन्ट पत्ता लागेको स्वास्थ्य मन्त्रालयले ट्विटरमार्फत जानकारी दिएको छ । यो भेरियन्ट पहिलो पटक दक्षिण अफ्रिकाले घोषणा गरेको थियो तर पछि युरोपमा पहिले नै रहेको पत्ता लागेको छ ।

यस नयाँ भेरियन्टले पुनः विश्वभरका यात्रा प्रतिबन्धहरू लागू गर्न प्रेरित गरेको छ ।  साउदी अरेबियाले गत हप्ता सात दक्षिणी अफ्रिकी देशहरूबाट उडानहरू रोकेको थियो ।  अन्य कैयौ देशले पनि दक्षिणी अफ्रिकी देशहरुबाट उडानहरू रोकेका थिए । साउदी अरेबियामा महामारीको सुरुमा लगाइएको केही बाँकी प्रतिबन्धहरू हटाइरहेको थियो । मुस्लिम पवित्र स्थानहरूमा पूजा गर्नेहरूलाई अक्टोबरदेखि काँधमा  काँध मिलाएर प्रार्थना गर्न पुनः सुरु गर्न अनुमति  दिइएको थियो  । 

करिब ३ करोड ५० लाख जनसङ्ख्या भएको यस देशमा कोभिडको ४ करोड ७० लाखभन्दा बढी डोज खोप दिइएको छ । महामारी सुरु भएदेखि, साउदी अरेबियामा कोविड–१९ को पाँच लाख ४९ भन्दा बढी सङ्क्रमति भएका छन् ।  जसमध्ये ८ हजार ८००  भन्दा बढीको मृत्यु भएको छ । 

युएईमा करिब ७ लाख ४२ हजार २०० सङ्क्रमति भएका छन् भने यसको सङ्क्रमणबाट २ हजार १०० भन्दा बढीको मृत्यु भएको छ । (रासस-एएफपी)