१४ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

उद्योगी केडियाको अपहरणमा संलग्न दुई भारतीय पक्राउ



अ+ अ-

वीरगन्ज । वीरगन्जका उद्योगी सुरेश केडियाको अपहरणमा संलग्न दुई भारतीयलाई प्रहरीले पक्राउ गरेको छ । बिहीबार प्रहरीले भारतको रक्सौलका बब्लु पासवान र राजहर्नाहीका विजयकुमार महतोलाई पक्राउ गरेको हो ।

भारतसँग सीमा जोडिएको पर्साको छिपहरमाई गाउँपालिका–५ भिस्वाबाट दुवैलाई प्रहरीले पक्रेको हो । विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले पासवान र महतोलाई पक्राउ गरेको हो ।

केडिया अपहरणकाण्डका मुख्य योजनाकार भारतीय कुख्यात अपराधी बब्लु दुबे भन्ने मिथिलेश मिश्राको भने २०७४ वैशाख २८ गते भारतीय प्रहरीले भारतको बेतिया अदालतमा हाजिर गराउन लगेका बेला अदालत परिसरमै अपरिचित दुई व्याक्तिले गोली प्रहार गरी उनको हत्या गरेका थिए ।

वीरगन्जका उद्योगी सुरेश केडिया २०७३ साल जेठ १३ गते बाराको बघवनबाट अपहरणमा परेका थिए । अहपरणमा परेको तीन दिनपछि नेपाल प्रहरी र भारतीय प्रहरीको संयुक्त टोलीले केडियालाई भारतको मोतीहारी नजिकैको कटौवा गाउँबाट उद्दार गरेको थियो ।