३१ जेष्ठ २०८३, आईतवार
,
Latest
‘मानवीयताको शहर’ बनाउने काठमाडौं महानगरको सङ्कल्पः ज्येष्ठ नागरिकलाई घरदैलोमै चिकित्सकदेखि चराचुरुङ्गीलाई पानीपात्रसम्म निर्वाचन पराजयपछि एमालेद्वारा ‘मिसन पार्टी जागरण २०८३’ घोषणा, संगठन पुनर्संरचना र जनसम्बन्ध सुदृढीकरणमा जोड यस्तो छ कांग्रेस संस्थापनले इतर समूहलाई पठाएको ७ बुँदे सहमति प्रस्ताव स्विट्जरल्यान्डमा जनसङ्ख्या १ करोडमा सीमित गर्ने प्रस्तावमाथि निर्णायक मतदान प्रहरी सङ्गठन जनताका पहिलो सरकार होः मुख्यमन्त्री कार्की हर्मुज र आणविक मुद्दामा अमेरिका–इरान सम्झौता नजिक विपी राजमार्ग पुनर्निर्माण तीव्र, असार १५ भित्र भकुण्डेवेशी–नेपालथोक खण्डमा माथिबाट सवारी सञ्चालन गर्ने तयारी ह्वाइट हाउसमा ट्रम्पको ८०औँ जन्मदिनमा यूएफसी ‘फ्रिडम २५०’ आयोजना, खेलकुद कार्यक्रमलाई लिएर विवाद चर्कियो परराष्ट्रमन्त्री शिशिर खनाल चारदिने चीन भ्रमणमा बेइजिङ पुगे, वाङ यीसँग वार्ता गर्ने कार्यक्रम टर्कीलाई २–० ले हराउँदै अस्ट्रेलियाको विजयी सुरुवात
तपाईं के खोज्दै हुनुहुन्छ ?

उद्योगी केडियाको अपहरणमा संलग्न दुई भारतीय पक्राउ



अ+ अ-

वीरगन्ज । वीरगन्जका उद्योगी सुरेश केडियाको अपहरणमा संलग्न दुई भारतीयलाई प्रहरीले पक्राउ गरेको छ । बिहीबार प्रहरीले भारतको रक्सौलका बब्लु पासवान र राजहर्नाहीका विजयकुमार महतोलाई पक्राउ गरेको हो ।

भारतसँग सीमा जोडिएको पर्साको छिपहरमाई गाउँपालिका–५ भिस्वाबाट दुवैलाई प्रहरीले पक्रेको हो । विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले पासवान र महतोलाई पक्राउ गरेको हो ।

केडिया अपहरणकाण्डका मुख्य योजनाकार भारतीय कुख्यात अपराधी बब्लु दुबे भन्ने मिथिलेश मिश्राको भने २०७४ वैशाख २८ गते भारतीय प्रहरीले भारतको बेतिया अदालतमा हाजिर गराउन लगेका बेला अदालत परिसरमै अपरिचित दुई व्याक्तिले गोली प्रहार गरी उनको हत्या गरेका थिए ।

वीरगन्जका उद्योगी सुरेश केडिया २०७३ साल जेठ १३ गते बाराको बघवनबाट अपहरणमा परेका थिए । अहपरणमा परेको तीन दिनपछि नेपाल प्रहरी र भारतीय प्रहरीको संयुक्त टोलीले केडियालाई भारतको मोतीहारी नजिकैको कटौवा गाउँबाट उद्दार गरेको थियो ।




भर्खरै