![](https://newspolar.com/wp-content/uploads/2022/03/94925366_1310845455776772_2074806809872302080_n.jpg)
![](https://newspolar.com/wp-content/uploads/2018/12/child-baby-death825.jpg)
उदयपुर । गाईको पुच्छरमा बेरिएर उदयपुरमा एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा कटारी नगरपालिका ८ थलियाका लिल बहादुर मगरका छोरा ५ वर्षीय आयुष मगर रहेको मृत्यु हुनेमा कटारी नगरपालिका ८ थलियाका लिल बहादुर मगरका छोरा ५ वर्षीय आयुष मगर रहेको छन् ।
बालक शनिबार साथीहरुसँग गोठालो गएका थिए । त्यही बेला उनका एक साथीले आयुषको कम्मरमा डोरीले कसेर गाईको पुच्छरमा बाँधिदिएको भनिएको छ । पुच्छरमा बाँधिदिएपछि गाई तर्सेर भाग्दा बालकको घिसारिएर ज्यान गएको हो ।
घटना गराउने बालकलाई आवश्यक अनुसन्धानको लागि गाईघाटबाट आइतबार म्याद थप गरी कटारी ल्याइएको इलाका प्रहरी कार्यालय कटारीका प्रमुख ध्रुवकुमार श्रेष्ठले जानकारी दिए ।