• २४ बैशाख २०८१, सोमबार
  •      Mon May 6 2024
  •   Unicode
Logo

आइएसद्वारा सिरियामा १० जनाको हत्या



सिरिया । आइएसले सिरियाको अल खारताको एक तेल खानीमा काम गर्ने कम्तीमा पनि १० जना मजदुरको हत्या गरेका छन् ।

उनीहरुले बिहीबार सो क्षेत्रबाट तेल खानीमा काम गर्ने मजदुरहरु बोकेर गएको बसमा विद्युतीय धराप थापेका थिए । सिरियाको पूर्वी क्षेत्रमा पर्ने दियार अल जोर प्रान्तमा उनीहरुको हत्या गरेका प्रहरीले जनाएको छ ।

सिरियाली समाचार समिति, सानाले दिएको समाचारअनुसार इराकको सीमा क्षेत्रमा पर्ने सो प्रान्तमा आइएसले तेलको खानीमा काम गर्ने कर्मचारी तथा मजदुरहरुलाई सधैँ तारो बनाउने गरेका छन् । (रासस-सिन्ह्वा)