२९ आश्विन २०८१, मंगलवार
,
Latest
 ‘जटिल डेङ्गु’ निम्त्याउन सक्ने पूर्वसङ्केतहरु साफ च्याम्पियनसिप फुटबल प्रतियोगिताको तयारी पूरा भदौमा उपभोक्ता मुद्रास्फीति चार प्रतिशतले कमी तीन राउण्ड गोली र पेस्तोलसहित एकजना पक्राउ कानुनअनुसार नै पशुपति गौशाला धर्मशाला खाली गरिन्छ: पशुपति क्षेत्र विकास कोष कांग्रेस केन्द्रीय सदस्य अजयबाबु शिवाकोटी केही बेर पक्राउ दसैँपछिको शेयर बजारः ३१ दशमलव ४८ अङ्कले बढ्यो नेप्से ग्लोबल आइएमई बैंक र महालक्ष्मी विकास बैंकबीच गैर कोषमा आधारित बैँकिङ्ग सुविधा उपलब्ध गराउने सम्झौता देशको आर्थिक अवस्था: भदौ महिनामा भित्रियो दुई खर्ब ६३ अर्ब विप्रेषण-पूर्णपाठ सहित अनिरुद्धाचार्यले सलमानको खुट्टा छोएको तस्बिर भाइरल, नक्कली तस्बिर बनाउने अभियुक्त पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

चीनमा पढेका सयौ डाक्टर नेपालमा फेल



अ+ अ-

काठमाडौं । नेपाल मेडिकल काउन्सिलले विशेषज्ञ चिकित्सकका लागि दिएको विशेष परीक्षामा सहभागी चिकित्साशास्त्रमा एमडी, एमएस, एमडीएस उत्तीर्ण १ सय ५० डाक्टरमध्ये १ सय १० जना फेल भएका छन् ।

चीनमा पढेर आएका ७३ प्रतिशतभन्दा बढी डाक्टर फेल भएका हुन् । नेपालमा चिकित्साकीय अभ्यासका लागि अनुमति प्रदान गर्न लिइने विशेष परीक्षामा उनीहरु उर्त्तीण हुन नसकेका हुन् । काउन्सिलले चीनको सरकारी विश्वविद्यालयकमा समस्या नरहे पनि निजीमा डाक्टरी पढाइका लागि विद्यार्थी नपठाउन शिक्षामन्त्री गिरिराजमणि पोखरेललाई सुझाव दिएको छ ।

यो परीक्षामा नेपाल, भारत, चीन, पाकिस्तान, बेलारुस, जापान, किर्गिस्तान फिलिपिन्स, दक्षिण कोरिया, रुसी महासंघ, अमेरिका र बेलायतलगायत १२ मुलुकमा पढेर आएका विशेषज्ञ डाक्टर सहभागी भएकामा ४० प्रतिशत फेल भएका थिए । यो समाचार कान्तिपुर दैनिकमा प्रकाशित छ ।