• ८ जेष्ठ २०८१, मंगलवार
  •      Tue May 21 2024
  •   Unicode
Logo
Latest
★   संसदबाटै बजेट आउने माओवादी सांसदहरुको दाबी ★   डीपी अर्यालको सम्पत्तिः १५० तोला सुन, हिरा १० तोला ★   महासेठको सम्पत्तिः दुईवटा घर, सवा दुई करोड बैंक ब्यालेन्स ★   नारायणकाजीको सम्पत्तिः प्रधानमन्त्रीले दिएको गाडी चढ्ने, खातामा १ लाख २२ हजार रुपैयाँ ★   सरकारले प्रतिपक्षलाई पेलेर गयो भन्ने कुरा सत्य होइन: कानूनमन्त्री गिरी ★   कति छ शिक्षामन्त्री सुमना श्रेष्ठको सम्पत्ति ? ★   गृहमन्त्रीको सम्पत्तिः ८० तोला सुन, दुईवटा बैंकमा एक लाख १० हजार रुपैयाँ ★   पलाञ्चोक भगवती: संस्कृति संरक्षणार्थ जात्रा र सांस्कृतिक कार्यक्रम ★   कति छ प्रधानमन्त्री ‘प्रचण्ड’को सम्पत्ति ? ★   जलवायु परिवर्तन र हिमाल जोगाउने मुद्दालाई विमस्टेकले गम्भिरतापूर्वक लेओस्: राष्ट्रपति

राउटेहरुले बैंकबाट तलब बुझे !



फाईल फोटो

सुर्खेत । जंगलमा फिरन्ते जीवन बिताउँदै आएका राउटे समुदायले पहिलो पटक बैंकमा गएर तलब बुझेका छन् । राउटे समुदायद्धारा सहयोग गर्न नियुक्त भएका कार्यकर्ताद्धारा पहिलो महिनाको तलब लिएका हुन् ।

सामाजिक सेवा केन्द्र (सोसेक)द्धारा आज वीरेन्द्रनगरमामा मासिक तलब दिने कार्यक्रम रहेको थियो । उक्त कार्यक्रम अनुसार मेगा बैंकमार्फत बुझेका छन् । नियुक्त भएका सहयोगीहरुले समुदायमा कुपोषण भएका बालकालिकालाई पोषणयुक्त खानेकुरा खानमा सहयोग गर्ने, बालबालिकालाई औषधि खुवाउनमा सहयोग पुर्‍याउने, समुदायको सरसफाइमा ध्यान दिने, वनजंगलको संंरक्षण गर्ने कामका गर्ने गरेका छन् ।

सूर्यनारायण शाही, वीरबहादुर शाही, दिलबहादुर शाही, प्रकाश शाही र महिनबहादुर शाहीले पहिलो महिनाको तलब बुझेका छन् । पहिलो पटक तलब पाएकोमा आफुलाई खुसी लागेको सूर्यनारायण शाहीले बताए ।

अहिले राउटे समुदायहरु सुर्खेतको लेकवेशी नगरपालिकाको भेरी किनारामा बसिरहेका छन् ।