• ८ जेष्ठ २०८१, मंगलवार
  •      Tue May 21 2024
  •   Unicode
Logo
Latest
★   पलाञ्चोक भगवती: संस्कृति संरक्षणार्थ जात्रा र सांस्कृतिक कार्यक्रम ★   कति छ प्रधानमन्त्री ‘प्रचण्ड’को सम्पत्ति ? ★   जलवायु परिवर्तन र हिमाल जोगाउने मुद्दालाई विमस्टेकले गम्भिरतापूर्वक लेओस्: राष्ट्रपति ★   एक घण्टामा १ हजार १२३ रूखहरूलाई अँगालो हालेर विश्व कीर्तिमान ★   कान्तिलोकपथ एक हप्ताभित्र सञ्चालन गरिने ★   दोलखामा सञ्चालित हाडजोर्नी शिविरबाट एक हजार एक सय बढी लाभान्वित ★   कानुनअनुसार हुने हरेक अनुसन्धानमा सहयोग गर्न तयार छु – कान्तिपुर अध्यक्ष सिरोहिया ★   राजनीतिक दलसम्बन्धी विधेयक प्रतिनिधिसभाबाट फिर्ता ★   आईपीएल प्लेअफमा वर्षाले खेल रोकिएमा के हुन्छ ? ★   नेपाली हाते कागज उद्योगबाट गाउँमै मनग्य आम्दानी

कांग्रेस महाधिवेशनको तीन वर्षः आन्तरिक तछाड मछाड



काठमाडौं । पार्टीलाई विधि र विधानअनुसार सञ्चालन गर्ने प्रतिबद्धतासहित शेरबहादुर देउवा नेपाली कांग्रेसको सभापतिमा निर्वाचित भएको तीन वर्ष पुगेको छ । २०७२ फागुन २४ गते सभापतिमा निर्वाचित देउवाले तीन वर्षमा पार्टीलाई विधि र विधानअनुसार अघि बढाउन त सकेनन् नै असन्तुष्ट पक्षलाई साथ लिएर संगठन सञ्चालन गर्न पनि असफल देखिए ।

महाधिवेशन भएको दुई महिनाभित्र गठन गरिसक्नुपर्ने पार्टीका विभाग र निकायलाई अझै पूर्णता दिन नसकेका देउवाले तीन वर्ष कहिले सहमतिबाट त कहिले विधानको आडमा अघि बढ्ने प्रयत्नमै गुजारेका छन् । विधानले दिएको अतिरिक्त सुविधा प्रयोग नगर्ने हो भने आगामी फागुनमा देउवाको चार वर्षे कार्यकाल सकिनेछ। विधानले दिएको अतिरिक्त सुविधा प्रयोग गर्दा अर्को डेढ वर्ष समय पाउने देउवाले आगामी दिनमा पार्टी संगठन कसरी अघि बढाउँछन् भन्ने चित्र अझै प्रष्ट हुन सकेको छैन ।

सभापति निकट केन्द्रीय सदस्य एनपी साउद विधिभित्र रहेर सहमति र प्रक्रिया अघि बढाउन खोज्दा केही अलमल जस्तो देखिएको बताउँछन् । आजको नागरिक दैनिकमा समाचार प्रकाशित छ ।