३१ जेष्ठ २०८३, आईतवार
,
Latest
स्विट्जरल्यान्डमा जनसङ्ख्या १ करोडमा सीमित गर्ने प्रस्तावमाथि निर्णायक मतदान प्रहरी सङ्गठन जनताका पहिलो सरकार होः मुख्यमन्त्री कार्की हर्मुज र आणविक मुद्दामा अमेरिका–इरान सम्झौता नजिक विपी राजमार्ग पुनर्निर्माण तीव्र, असार १५ भित्र भकुण्डेवेशी–नेपालथोक खण्डमा माथिबाट सवारी सञ्चालन गर्ने तयारी ह्वाइट हाउसमा ट्रम्पको ८०औँ जन्मदिनमा यूएफसी ‘फ्रिडम २५०’ आयोजना, खेलकुद कार्यक्रमलाई लिएर विवाद चर्कियो परराष्ट्रमन्त्री शिशिर खनाल चारदिने चीन भ्रमणमा बेइजिङ पुगे, वाङ यीसँग वार्ता गर्ने कार्यक्रम टर्कीलाई २–० ले हराउँदै अस्ट्रेलियाको विजयी सुरुवात लोक सेवा परीक्षामा मात्रै १०-२० वर्ष जीवन खेर फाल्नु उपयुक्त होइन : अध्यक्ष रेग्मी वर्षा अभावले बाँकेमा धानको ब्याड राख्न ढिलाइ, अधिकांश किसान आकाशे पानीकै भरमा सुनको मूल्य तोलामा १ हजार २ सयले बढ्यो
तपाईं के खोज्दै हुनुहुन्छ ?

विप्लव नेतृत्वले गरेको बन्दको प्रभाव काठमाडौँमा आंशिक, सवारी साधन निर्वाध रुपमा चल्दै



अ+ अ-

काठमाडौँ । विप्लव नेतृत्वको नेकपाले गरेको बन्दको प्रभाव काठमाडौँ उपत्यकामा आंशिक परेको छ । काठमाडौँ भित्र्ने मुख्य नाका कलंकी–नागढुंगा सडकखण्डमा साबिकको चापमा सवारी साधन चलेका छन् ।

बिहानैदेखि बन्दको हल्ला भएपनि निजी तथा सार्वजनिक सवारी साधन निर्वाध चलिरहेका छन् । कलंकी सडक खण्डमा अहिलेपनि चन्द्रगिरी,थानकोट र रिद्धिसिद्धि यातायात चलिरहेका छन् ।

कलंकी ट्राफिक कार्यलयका अनुसार उक्त रुट भएर चल्ले सवारी साधनमा कुनै रोक रहेको छैन् । ठाउ ठाउमा सुरक्षा निकायका सेना र प्रहरी परिचालन गरिएको छ । काठमाडौँबाट बाहिरिने लामो दूरीका सवारी साधन पनि चलेका छन् ।

शैक्षिक संस्थाहरुमा भने बन्दको प्रभाव परेको छ । कलेज तथा विद्यालय नखुलेपछि पठनपाठन प्रभावित भएको छ ।

नेकपा विप्लव समूहले आज बन्द आह्वान गरेको हो तर, सरकारले उसका गतिविधिमाथि प्रतिवन्ध लगाएका कारण कहीँ पनि बन्दकर्ता सडकमा देखिएका छैनन् ।




भर्खरै