• ८ जेष्ठ २०८१, मंगलवार
  •      Tue May 21 2024
  •   Unicode
Logo
Latest
★   कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष सिरोहियालाई धनुषा लगियो ★   क्रुसले रियल मड्रिड छाड्ने ★   राष्ट्रपति रइसीको अन्त्येष्टि समारोह सुरु ★   अध्यक्ष सिरोहियालाई जनकपुर लैजाने तयारी ★   प्रधानमन्त्रीसँग बङ्गलादेशका वातावरणमन्त्रीको शिष्टाचार भेट ★   कार्यालयबाटै पक्राउ परे कान्तिपुरका अध्यक्ष कैलाश सिरोहिया ★   समाचार लेखेकै भरमा कसैलाई पक्राउ गरे प्रतिवादमा उत्रिने ऋषि धमलाको चेतावनी ★   रुसमा हाइपरसोनिक वैज्ञानिकलाई देशद्रोहको आरोपमा १४ वर्षको कारागार सजाय ★   सशस्त्र प्रहरी निरीक्षक पौडेलद्वारा सगरमाथा आरोहण ★   कान्तिपुरका अध्यक्ष सिरोहियाले दिए सर्वोच्चमा निवेदन

विप्लव नेतृत्वले गरेको बन्दको प्रभाव काठमाडौँमा आंशिक, सवारी साधन निर्वाध रुपमा चल्दै



काठमाडौँ । विप्लव नेतृत्वको नेकपाले गरेको बन्दको प्रभाव काठमाडौँ उपत्यकामा आंशिक परेको छ । काठमाडौँ भित्र्ने मुख्य नाका कलंकी–नागढुंगा सडकखण्डमा साबिकको चापमा सवारी साधन चलेका छन् ।

बिहानैदेखि बन्दको हल्ला भएपनि निजी तथा सार्वजनिक सवारी साधन निर्वाध चलिरहेका छन् । कलंकी सडक खण्डमा अहिलेपनि चन्द्रगिरी,थानकोट र रिद्धिसिद्धि यातायात चलिरहेका छन् ।

कलंकी ट्राफिक कार्यलयका अनुसार उक्त रुट भएर चल्ले सवारी साधनमा कुनै रोक रहेको छैन् । ठाउ ठाउमा सुरक्षा निकायका सेना र प्रहरी परिचालन गरिएको छ । काठमाडौँबाट बाहिरिने लामो दूरीका सवारी साधन पनि चलेका छन् ।

शैक्षिक संस्थाहरुमा भने बन्दको प्रभाव परेको छ । कलेज तथा विद्यालय नखुलेपछि पठनपाठन प्रभावित भएको छ ।

नेकपा विप्लव समूहले आज बन्द आह्वान गरेको हो तर, सरकारले उसका गतिविधिमाथि प्रतिवन्ध लगाएका कारण कहीँ पनि बन्दकर्ता सडकमा देखिएका छैनन् ।