१६ भाद्र २०८३, मंगलवार
,
Latest
चीनको केरुङमा पहिरोमा ज्यान गुमाउनेहरूको स्मृतिमा शोक सभा आयोजना रसुवा बाढीः सुरुङ र पावरहाउसमा फसेकाको उद्धारमा सरकारले प्राथमिकता नदिएको आफन्तको गुनासो अस्टिनमा शोकसभा एवं दीप प्रज्वलन भोटेकोशी बाढीले ट्रक–कन्टेनर क्षेत्रमा पुर्‍याएको क्षति बुझ्न टोली रसुवा प्रस्थान भोटेकोशी र त्रिशूली नदीको बहाव सर्तकता तहभन्दा तल : बाढी पूर्वानुमान महाशाखा काठमाडौँ र हेटौँडा जाने सवारीसाधनको लागि नयाँ ‘रुट’ निर्धारण पहिचान हुन नसकेका शव व्यवस्थापन गरिँदै विश्वभरबाट सिटी एक्सप्रेसमार्फत नेपाल पैसा पठाउँदा सेवा शुल्क नलाग्ने भोटेकोशी बाढीबारे छलफल गर्न आज सर्वदलीय बैठक बस्दै प्रेस काउन्सिलकै अनुगमन रिपोर्ट भन्छ— संञ्चारकर्मीले झन् दु:ख दिए
तपाईं के खोज्दै हुनुहुन्छ ?

मुलुक जनयुद्धमा जान लाग्दापनि सरकार ठट्टा गरेर बसेको छ : सांसद अधिकारी



अ+ अ-

काठमाडौँ । राष्ट्रियसभाका सांसद राधेश्याम अधिकारीले मुलुकमा युद्धको डरलाग्दो स्थिति दोहोरिन लाग्दा पनि सरकार ख्याल ठ्ट्टा गरेर बसिरहेको आरोप लगाएका छन् ।

सोमबार राष्ट्रियसभाको बैठकमा बोल्दै उनले नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका कारण शान्ति सुरक्षामाथि गम्भीर प्रश्न उठे पनि सरकारले भने गम्भीरतापूर्वक नलिई समस्या बल्झाउन लागिरहेको बताए ।

विप्लवको पार्टीप्रति प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको टिप्पणीले पनि समस्या चर्काउन खोजेको आरोप लगाए । ‘प्रधानमन्त्रीले लोकतन्त्रको नाममा आशु बगाउनेहरु किन विप्लवपट्टि लागेका भनिरहनुभएको छ ।

मुलुक दशवर्षको जनयुद्धले थलिएको अवस्थामा शान्ति सम्झौताको १२ बुँदे सहमतिमा नेत्रविक्रम चन्दको पनि संलग्नता भएको हुँदा सो सम्झौताको पालना चन्दले पनि गर्नुपर्ने उनको भनाइ थियो ।

सांसद अधिकारीले द्वन्द्वका कारण नेपाली जनताले फेरि दुःख पाउने उल्लेख गर्दै सरकारले शान्ति सुरक्षा कायम गर्नका लागि राजनीतिक रुपमै समाधान खोज्नुपर्नेमा जोड दिए ।