९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar पाल्पामा पहिरोको बितण्डाः दुई घर भत्किए, एक महिला बेपत्ता News Polar सिक्किमको रिम्बी गाउँमा भारी वर्षापछि विशाल पहिरो जाँदा घरहरू क्षतिग्रस्त; कुनै मानवीय क्षति नभएको जानकारी News Polar पोप फ्रान्स भ्रमणमा News Polar बोडे र मूलपानी जोड्ने पुल भासिएपछि यातायात आवागमन बन्द News Polar प्रज्ञा प्रतिष्ठानको बृहत् पुस्तक प्रदर्शनी सुरु News Polar प्रधानमन्त्रीको राष्ट्रसंघ सम्बोधनले जलवायु उत्थानशील नेपालको आधार तयार गर्‍यो : डा. ढकाल News Polar धादिङको बाङ्गेमा विशाल पहिरो, पृथ्वी राजमार्ग पूर्ण रूपमा अवरुद्ध News Polar ग्रिड कनेक्सन कार्यविधि मस्यौदामा इप्पानको असहमति, १९ बुँदे संशोधन प्रस्ताव News Polar इन्द्रजात्रा अवलोकन गर्न गद्दी बैठक पुगे राष्ट्रपति पौडेल-तस्विरसहित News Polar इन्द्रजात्राको मुख्य दिनः हनुमानढोकामा कुमारी, गणेश र भैरवको रथ तानिँदै-तस्विरसहित News Polar कर्णालीदेखि काठमाडौंसम्मको संघर्षपूर्ण यात्राबाट चर्चामा रेशम नेप्किङ, ‘पान मिठो कलकत्ताको’ सार्वजनिक News Polar रसुवा बाढीः सुरुङभित्र १० दिन फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज News Polar ऊर्जा आयोजनामा अवरोध गर्ने कांग्रेस नेता–कार्यकर्तामाथि कारबाही गर्छौं : गगन थापा News Polar हिमालयन बैंक र एससीटीबीच स्मार्टपे आईबीएफटी सेवा सञ्चालनसम्बन्धी सम्झौता News Polar २२ वर्षपछि काठमाडौंमा ‘सम्यक् महादान’, ३०१ सदस्यीय मूल समारोह समिति गठन News Polar पुराना दल र परीक्षण भइसकेका नेताको नेतृत्वमा मधेसको राजनीति अघि बढ्न सक्दैन : रामकुमार शर्मा News Polar मुुपात्रअर्थात् कही नभएको भक्तपुरको जात्रा News Polar सप्तकोशीमा पानीको बहाव बढेसँगै ३१ ढोका खोलिए News Polar कोरलानाका क्षेत्रमा बेमौसमी हिमपात News Polar ‘हुंकार मधेश’ अभियान घोषणा, वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने लक्ष्य

मेहनती पूर्वमन्त्री : अरुले भत्ता पकाउछन्, हाम्रा मन्त्रीले रुखोपाखोमा ड्रागन फलाउछन् !

मेहनती पूर्वमन्त्री : अरुले भत्ता पकाउछन्, हाम्रा मन्त्रीले रुखोपाखोमा  ड्रागन फलाउछन् !
अ अ+ अ-

लमही । तुलसीपुर–घोराही सडक खण्डसँग सटेको जग्गा । वर्षौंदेखि बाँझो । त्यही जग्गामा अहिले फलामका खाँबा गाडिएका छन् । ती खाँबासँगै भर्खरै बिरुवा रोपिएका छन् । झट्ट हेर्दा जो कोहीलाई अनौठो लाग्न सक्छ, त्यसमा पनि पूर्वमन्त्री लोकेन्द्र बिष्ट मगर फरुवा समाएर खनिरहेको भेटिनु हुन्छ ।

पूर्वमन्त्री मगरले दाङ तुलसीपुर उपमहानगरपालिका वडा नं १८ मा रहेको तीन बिघा ६ कठ्ठा जग्गामा ‘ड्रागन फ्रुट’ खेती शुरु गर्नुभएको छ । “पहरामा फूल फुलाउन र मरुभूमिमा मूल फुटाउन त्यति सजिलो छैन,” उहाँले भन्नुभयो – “तर म प्रयास गर्दैछु ।” त्यो उजाड जमीनमा दाङमै पहिला पटक ड्रागन फ्रुट अर्थात ‘रातकी रानी’ को उत्पादन गर्न उहाँ जुटिरहनुभएको छ ।

आफू मन्त्री हुँदा राजनीतिक भ्रमणमा चीन गएको र त्यतिबेला पहिलो पटक खाएको फल ‘ड्रागन फ्रुट’लाई आफैंले नेपालमै उत्पादन गर्नुपर्छ भन्ने उहाँलाई त्यो बेलादेखि लागेको रहेछ । “म, नारायण काजी श्रेष्ठ, रामबहादुर थापा सहितको टोली चीन गएका थियौं,” उहाँले भन्नुभयो – “त्यतिबेला चीनमा हामीलाई यो ड्रागन फ्रुट दिइएको थियो । हामीलाई कसरी खाने भन्ने पनि थाहा थिएन तर, मैले जुक्ति लगाएर नजीकको चक्कुले काटे, अनि काँटीले निकालेर खान थाल्यौं ।”

नेपालमा यसको सम्भावना राम्रो भएको र स्वास्थ्यका लागि पनि उपयोगी भएकाले आफूले नेपालमा यसको खेती शुरु गरेको उहाँले बताउनुभयो । उहाँका अनुसार तराईमा यसका लागि उपयुक्त हावापानी छ । यस फलमा ग्याष्ट्रिक, कब्जियत, क्यान्सर, मुटुरोगलगायत मानव शरीरमा लाग्ने विभिन्न रोगसँग लड्न सक्ने गुण छ ।

ड्रागन फ्रुटको बिरुवा नेपालमा नपाइने भएकाले भियतनाम, थाइल्यान्डलगायतका देशबाट ल्याउने गरेको उहाँले बताउनुभयो । तीन प्रकारका बिरुवाहरु पाइने भए पनि बाहिर रातो र भित्र सेतो हुने तथा बाहिर पनि रातो र भित्र पनि रातो हुने दुई प्रकारका बिरुवाहरु उहाँले लगाउनुभएको छ । ती विदेशबाटै कलमी गरेर ल्याइएका बिरुवा हुन् ।

युवालाई स्वरोजगार बन्न सिकाउन लामो समय बाँझो रहेको ३ बिघा ६ कठ्ठा जग्गालाई १५ वर्षसम्मका लागि उहाँले भाडामा लिनुभएको हो । “पछिल्लो समय युवा जमात आफ्नो जग्गा बाँझो राखेर विदेश गइरहेका छन्,” उहाँले भन्नुभयो – “उनीहरुलाई विदेश भन्दा स्वदेशमै पसिना बगाए मरुभूमिमा मूल फुटाउन सकिन्छ भन्ने उदाहरण प्रस्तुत गर्न पनि यो खेतीको शुरुआत गरेको हुँ ।”

पन्ध्र वर्षका लागि ४० लाख रुपैयाँमा उहाँले जग्गा भाडामा लिनुभएको हो । अहिले करीव ७÷८ कठ्ठामा जग्गामा दुई हजार १०० बिरुवा रोपिएका र बाँकी जग्गाका लागि चार हजार बिरुवा आउँदै गरेको उहाँले जानकारी दिनुभयो । लगाएको दुई वर्षदेखि यसले फल दिन थाल्छ ।

पूर्बमन्त्री बिष्टलाई सघाउने पाँचजना छन् । दुईजना नियमित काममा खटिएका छन् भने अन्य तीनजना काठमाडौंँमा बस्छन् । धेरै वर्षदेखि बाँझो जग्गालाई ‘फिलिङ’ गरेर साढे दुई फिट गहिरोमा खाँबो गाडिएको र दुई मिटरको दूरीमा बिरुवा रोपिएको छ । त्यहीँ डिप बोरिङ गरेर हप्तामा २÷३ पटक सिंँचाइ गर्ने गरिएको छ ।

यो फूल रातमा मात्रै फुल्ने र रातमा मात्रै फल लाग्ने भएकाले पनि रातकी रानी भन्ने गरिएको हो । जेठको १५ गतेदेखि कात्तिकको १५ गतेसम्म फुलेर फल लाग्ने पूर्वमन्त्री बिष्टले बताउनुभयो । फूल फुलेको चार÷पाँच दिनपछि फूलका पात सुकिसक्ने र सुकेको फूलको विशेष चिया बन्ने पनि उहाँले जानकारी दिनुभयो । उहाँका अनुसार फूल फुलेको ४५ दिनमा फल तयार हुने र यसको फल १५० ग्रामदेखि एक किलोग्रामसम्म हुन्छ ।

राम्रो सिँचाइ, मल तथा स्याहारसुसार पाएमा २० देखि ३० वर्षसम्म यसबाट फल लिन सकिन्छ । यो सिउँडी प्रजातिको फल हो । दाङका लागि ड्रागन नौलो फलको रुपमा रहेको उहाँले बताउनुभयो । अन्य मुलुकमा यो फल व्यावसायिक रुपमा स्थापित भए पनि नेपालमा भने भर्खरै यसले प्रवेश पाएको छ । यस फलमा १२ प्रकारका खनिज र भिटामिन पाइन्छ । यो फल मिठो नभए पनि औषधीय गुुणले भरिपूर्ण रहेको पूर्वमन्त्री बिष्टको भनाइ छ ।

यो फलबाट उच्चस्तरको आइसक्रिम, इनर्जी ड्रिंक, वाइन र ब्रान्डी पनि बनाउन सकिन्छ । यसको मुन्टाको पनि गजबको तरकारी बन्ने उहाँले बताउनुभयो । लामो समयको अध्ययन र अनुसन्धान पछि यो खेतीतर्फ आकर्षित हुनुभएको रहेछ बिष्ट ।

करीव १५० बिघा क्षेत्रफलमा तरकारी खेती गर्ने लक्ष्य भए पनि लगानी नजुट्दा समस्या भएको उहाँले बताउनुभयो । अहिले दाङमै कालो धानको खेती गरिरहनुभएका उहाँको ठूलो लगानीमा धेरै खेती गर्ने र युवालाई स्वरोजगार प्रदान गर्ने लक्ष्य छ । “करीव १५० बिघा क्षेत्रफलमा तरकारी खेती गर्ने योजना बनाएको छु,” उहाँले भन्नुभयो – “आवश्यकतानुसार लगानी गर्ने वातावरण मिलाउन सकिएको छैन ।”

मुलुकमा परिवर्तन ल्याउन लामो समय राजनीतिमा सक्रिय रहनुभएका उहाँ अब भने राजनीतिमा नफर्कने बताउनुहुन्छ । कृषि क्रान्ति गरेरै बाँकी जीवन बिताउने उहाँको अठोट छ ।