१९ भाद्र २०८३, शुक्रबार
,
Latest
माथिल्लो त्रिशूली–३ ए को सुरुङमा एक शव फेला सङ्खुवासभामा शिक्षक हत्या घटनामा एक जना पक्राउ भोटेकोशी बाढीः एक हजार २९० जनाको शव फेला त्रिवि शिक्षण अस्पतालमा १९३ शव ल्याइएकामा २४ को पहिचान नेपाल–अष्ट्रेलिया प्रधानमन्त्रीबीच टेलिफोन वार्ता, विपद्मा सहयोगका लागि प्रधानमन्त्री शाहद्वारा आभार उद्धारका लागि नेपाली सेनाको टोली पावर हाउसमा प्रवेश भोटेकोशी बाढी पीडितका तस्वीर–भिडियो सार्वजनिक गर्दा संवेदनशील बन्न सञ्चारमन्त्रीको आग्रह माथिल्लो त्रिशूली–१, चिलिमे र रसुवागढी जलविद्युत् आयोजनामा खोज, उद्धार तीव्र रेडक्रसको ६४औँ स्थापना दिवस मनाइँदै, भोटेकोशी बाढीमा पाँच हजार स्वयंसेवक परिचालन सुनचाँदीको मूल्यमा वृद्धि
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘म एकदमै खराब पत्नी हुँ’- प्रियंका



अ+ अ-

अमेरिकनको च्याट शो ‘द व्यू’ मा अभिनेत्री प्रियंका चोपडाले आफ्ना व्यक्तिगत जीवन बारेमा कुराकानी गरेकी छिन् । उनले आफू पति निक जोनसका लागि एक उत्कृष्ट पत्नी हुन नसकेको बताएकी छिन् ।


प्रियंकाले भनिन् ‘म एकदमै खराब पत्नी हुँ ।’ किनकी मलाई खाना पकाउन आउँदैन । निक दक्षिण अमेरिकाको परिवारका हुन्, जहाँ घरका महिलाहरुलाई स्वादिष्ट खाना बनाउन आउँछ । निककी आमा पनि खाना बनाउन सिपालु हुनुहुन्छ । तर मलाई केबल अण्डा र टोस्ट बनाउन मात्रै आउँछ ।’

शो मा प्रियंकाले उनी र निक जोनसबीचको प्रेम, विवाह र जोनस ब्रदर्सको सुपरहिट एल्बम ‘सकर’ मा काम गर्दाको अनुभवका बारेमा पनि कुराकानी गरेकी थिइन् । प्रियंकाले कार्यक्रममा भनेकी थिइन ‘जब मैले आफूलाई खाना बनाउन आउँदैन भनेर निकलाई भने तब उनले जवाफमा भनेका थिए ‘केही छैन प्रिय, मलाई पनि खाना बनाउन आउँदैन ।’
प्रियंकाले च्याट शो को एक तस्विर उनको इन्स्टाग्राममा सेयर गरेकी छिन् । प्रियंका चोपडा छिट्टै नै यूट्युब च्यानलमा एक विशेष शो लिएर आउँदैछिन् । शोको नाम ‘इफ आइ कुड टेल यू जस्ट वान थिङ्ग’ रहेको छ । यस शोको समय तथा अन्य जानकारी मार्च २७ मा खुलासा गरिनेछ ।