३० कार्तिक २०८१, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

दम्पतीको उमेर कति हुनु राम्रो यस्तो छ बैज्ञानिक तथ्य



अ+ अ-

४० देखि ५० वर्षभित्र प्रायः सबै महिला रजोनिवृत्तिमा पुग्छन् । रजोनिवृत्तिको सामान्य उमेर ४० वर्ष हुन्छ । रजोनिवृत्ति पछि प्रोजेस्टरोन हार्मोन बन्ने प्रक्रिया बन्द हुन्छ । डिम्ब ग्रन्थिमा डिम्ब बन्ने र निस्कने प्रक्रिया पनि बन्द हुन्छ । मासिक स्रावको क्रिया पनि विस्तारै(विस्तारै मन्द हुँदै रोकिन्छ । एस्टोजन हार्मोन बन्ने क्रिया पनि बन्द हुन्छ । जसको परिणामस्वरूप प्रजनन प्रणाली अंग खुम्चिएर सानो हुन्छ । योनिको स्निग्धतामा पनि कमी आउँछ ।

व।न्दनाले जुन केटासित विवाह गर्न चाहेकी थिइन् ऊ वन्दना भन्दा ७ वर्ष कान्छो थियो । आफूभन्दा सानो उमेरको केटासित विवाह गर्ने सामाजिक परम्परा नभएकाले वन्दनालाई धेरैले सम्झाए आफूभन्दा जेठो केटासित विवाह गर्नुपर्छ तर वन्दनाको तर्क थियो- श्रीमान्/श्रीमतीको सम्बन्धमा को ठूलो वा को सानो भन्ने कुराले असर गर्दैन । वन्दनाकी हजुरआमाले उनलाई सम्झाउने प्रयास गरन्,ि यदि केटाको उमेर केटीको भन्दा कम भए सामाजिक सन्तुलन बिग्रन्छ । हाम्रो सामाजिक संस्कार अनुरूप हामी आफूभन्दा ठूलाको सम्मान गछौर्ं । यदि तिम्रा श्रीमान् तिमीभन्दा कान्छा भए तिमीले उनलाई सम्मान दिन सक्दिनौ जुन उसको अधिकार हो । यसले अप्रत्यासित स्थितिको सामना गर्नुपर्ने हुन्छ । हजुरआमा, यी सबै बेकारका कुरा हुन् । मेरो विचारमा आफ्ना श्रीमतीमाथि वर्चश्व कायम राख्न केटाहरू आफूभन्दा कम उमेरकी श्रीमती रोज्छन् । हिजोआज हरेक सम्बन्धको आधार मित्रता भएको छ, त्यसैले उमेरले केही महत्व राख्दैन रु वन्दनाले जवाफ दिइन् ।

वैज्ञानिक तथ्य स् उल्लेखित प्रसंग हामी धेरैले सुनेका छौं र कतिपयले यो स्थितिको सामना पनि गरेका हुनसक्छौं । श्रीमान्/श्रीमतीको उमेरमा कति अन्तर हुनुपर्छ र किन हुनुपर्छ भन्ने विषयमा केही वैज्ञानिक आधार पनि छ । पूर्वीय सामाजिक मान्यता, संस्कृति एवं परम्परा अनुसार विवाह दुई(चार वर्षका लागि गरनिे कुरा होइन । यसलाई जीवनभरको सम्बन्धका रूपमा लिइन्छ । जबसम्म श्रीमान्/श्रीमतीको सम्बन्धमा सेक्सुयल हारमोनी कायम रहन्छ तबसम्म सबै कुरा ठीक हुन्छ । विवाहको केही वर्षपछि दम्पतीमध्ये कोही एकलाई यौन अतृप्तिको अनुभव भए तिनको दाम्पत्य जीवनमा निराशाको बादल छाउन थाल्छ । त्यतिखेर दाम्पत्य जीवनको आधारशीला डग्मगाउन पुग्छ । त्यसैले श्रीमान्/श्रीमतीको उमेरमा अन्तर हुनु आवश्यक छ जसले जीवनको अन्तिम चरणसम्म सेक्सुयल हारमोनी कायम रहोस् । सेक्सुयल हारमोनीलाई कायम राख्न श्रीमान् को उमेर श्रीमतीभन्दा ५ देखि ९ वर्ष बढी हुनु आवश्यक छ । केटीहरूमा युवावस्था १० वर्षको आयुमै प्रारम्भ हुन्छ र रजस्वला भएपश्चात् तिनको शरीर सन्तानोत्पत्तिका लागि योग्य हुन्छ । एक पटक रजस्वला भएपछि रजोनिवृत्तिको अवस्थासम्म महिलाहरू हरेक महिना ऋतुमती हुन्छन् । हरेक महिना एउटा नयाँ डिम्ब परपिक्व हुन्छ ।

रजोनिवृत्तिको सामान्य उमेर ४० वर्ष हुन्छ । ४० देखि ५० वर्षभित्र प्रायः सबै महिला रजोनिवृत्तिमा पुग्छन् । रजोनिवृत्तिपछि प्रोजेस्टरोन हार्मोन बन्ने प्रक्रिया बन्द हुन्छ । डिम्ब ग्रन्थिमा डिम्ब बन्ने र निस्कने प्रक्रिया पनि बन्द हुन्छ । मासिक स्रावको क्रिया पनि विस्तारै(विस्तारै मन्द हुँदै रोकिन्छ । एस्टोजन हार्मोन बन्ने क्रिया पनि बन्द हुन्छ । जसको परण्िाामस्वरूप प्रजनन प्रणाली अंग खुम्चिएर सानो हुन्छ । योनिको स्निग्धतामा पनि कमी आउँछ । त्यसको सतही मोटाइ पनि घट्छ । यी सबै परविर्तनका कारण सहवासमा कठिनाइ हुन्छ र श्रीमान्को यौन सन्तुष्टि प्रभावित हुन पुग्छ । समान उमेरकी श्रीमती वा श्रीमान्भन्दा बढी उमेरका महिलाहरू आफ्ना श्रीमान्को यौन इच्छालाई तृप्त नगरी रजोनिवृत्ति प्राप्त गर्छन् ।

केटाहरूको युवावस्था १४ वर्षदेखि प्रारम्भ हुन्छ । यो उमेरमा सक्रिय हुने सेक्स हार्मोन ६० देखि ७० वर्षसम्म क्रियाशील रहन्छ । पुरुषहरूमा कामेच्छा कहिले चरम अवस्थामा पुग्छ भन्ने कुराको कुनै निर्धारति समयसीमा हुँदैन । सामान्यतया ४५ देखि ५० वर्षमा सेक्सप्रति पुरुषको धारणामा केही हदसम्म परविर्तन आउँछ । तिनको यौन जीवनमा विश्राम आएको अनुभव हुन्छ जसका कारण यौन क्रियाकलापमा शिथिलता अनुभव हुन्छ । सेक्सुयल हारमोनी नै सफल वैवाहिक जीवनको आधार हो । सेक्सुयल हारमोनी अर्थात् श्रीमतीको रजोनिवृत्तिसम्म श्रीमान्को कामेच्छामा पनि शिथिलता आउन थालोस् जसले गर्दा श्रीमान्ले आफ्नो इच्छा पूर्तिका लागि गलत बाटोतर्फ अग्रसर हुन नपरोस् । त्यसैले श्रीमान्(श्रीमतीबीच कामेच्छाको सामञ्जस्यता एवं समरसताको दृष्टिबाट दुवैको उमेरमा अन्तर हुनु आवश्यक छ ।

महिलाहरूको सम्बन्धमा स्थिति फरक हुन्छ । त्यसैले उमेरको अन्तरले उनीहरूलाई धेरै हदसम्म प्रभावित गर्दैन । महिलाहरूमा कामोत्तेजना रोक्न सक्ने प्राकृतिक क्षमता हुन्छ । श्रीमान्/श्रीमतीको यौन स्तरमा सामञ्जस्य एउटा महत्वपूर्ण पक्ष हो । अतः विवाह जस्तो अटुट बन्धनमा बाँधिन गैरहेका युगल जोडीले दूरगामी परण्िाामलाई ध्यानमा राखी आफ्नो उमेरको अन्तरका सम्बन्धमा विचार पुर्‍याउनु आवश्यक छ । विवाह लामो समयसम्म चल्ने एउटा अटुट सम्बन्ध हो । जसमा श्रीमान्(श्रीमती दुवैको भूमिका महत्वपूर्ण हुन्छ । एक पक्षको कमजोरीले मात्र पनि यो सम्बन्ध चिरस्थायी र सुमधुर बन्न सक्दैन । विवाह सम्बन्धमा यौन पक्षले महत्वपूर्ण भूमिका खेल्नुका साथै त्यसमा व्यक्तिको उमेर तथा शारीरकि परििस्थतिको सोझो सम्बन्ध हुन्छ । अतः विवाहको निर्णय लिनुपूर्व दम्पतीले आफ्नो उमेरका बारेमा विचार पुर्‍याउनु वाञ्छनीय छ ।