कोलम्बो । मादक पदार्थ सेवन गरेर सवारी साधन चलाएको आरोपमा पक्राउ परेका श्रीलङ्काको टेष्ट क्रिकेट टिमका कप्तान दिमुथ करुणरत्नेले प्रहरीसँग माफि मागेका छन् ।
गत आइतबार मापसे गरेर उनको गाडीले एक तीन पाङ्ग्रे सवारीलाई ठक्कर दिएको थियो । जसबाट तीन पाङ्ग्रे सवारी चालक घाइते भएका थिए। अहिले चालकको स्थिति सामान्य रहेको छ । सोमबार उनलाई अदालत बोलाइएको थियो ।
।
घटनापछि करुणरत्नेको सवारी चालक अनुमतीपत्र रद्ध गरिएको प्रहरी अधिकारीहरुले जनाएका छन् ।
अहिले उनी जमानतमा रिहा भएका छन् ।