१६ भाद्र २०८३, मंगलवार
,
Latest
विपद् प्रतिकार्य र उद्धारमा राज्य संयन्त्र पूर्ण रूपमा सक्रिय छः गृहमन्त्री गुरुङ रसुवा बाढी प्रभावित क्षेत्रमा उद्धार, राहत वितरण तथा पुनःस्थापनाका लागि तीनै तहमा सर्वदलीय संयन्त्र परिचालन… भोटेकोशी बाढीबाट साढे ७ हजार घरमा क्षति, तीन हप्ताभित्र अस्थायी आवास निर्माण गरिने सांसदहरुको १५ दिनको पारिश्रमिक बाढीपीडितलाई दिने एमाले संसदीय दलको निर्णय भोटेकोशी बाढीबाट खानेपानी र सरसफाई संरचनामा ९३ करोडको क्षतिः पुनर्निर्माण र अस्थायी आपूर्तिका लागि विभाग… भोटेकोशी बाढीबाट ५३ झोलुङ्गे पुलमा क्षतिः ३३ वटा पुनः निर्माण गर्नुपर्ने, पाँच स्थानमा अस्थायी तुइन… भोटेकोशी बाढीले सडक पूर्वाधारमा ठूलो क्षतिः ४० किलोमिटर सडक पूर्ण रूपमा ध्वस्त, ३१ वटा पुलमा… रसुवाका बाढीपीडितलाई गैंडाकोट नगरपालिकाको ३५ लाख सहयोग अगस्टमा ८५ हजार ४४४ विदेशी पर्यटकको आगमन राष्ट्र शान्तिको सङ्कल्पले पशुपतिनाथ मन्दिरमा गरियो महारुद्राभिषेक
तपाईं के खोज्दै हुनुहुन्छ ?

पानीबाट रोजगारी



अ+ अ-

पोखरा । रोजगारीको खोजीमा देशका युवा दिनानुदिन विदेशिएको वास्तविकतामा पोखरा महानगरपालिका–३३ भरतपोखरीमा व्यवसायिकतासँगै रोजगारी अभिवृद्धिको लक्ष्यका साथ युवा सक्रियतामा पानी कम्पनी सञ्चालनमा आएको छ ।

पछिल्ला समयमा तीव्र रुपमा बजारीकरण भइरहेको भरतपोखरीको चैनपुर फेदीमा झण्डै रु डेढकरोडको लागतमा हिल साइड ड्रिङकिङ वाटर प्रालि सञ्चालनमा ल्याइएको हो ।

कम्पनीका अध्यक्ष खगेन्द्रराज अधिकारीका अनुसार दैनिक १२ जनालाई प्रत्यक्ष रोजगारी दिन सकिने गरी सञ्चालनमा आएको उद्योगबाट दैनिक ५० हजार लिटर पानी बजारमा लगिने छ ।

उद्योगको उत्पादन ‘मिठो पानी’को आज यहाँ आयोजित शुभारम्भ कार्यक्रममा पोखरा महानगरपालिका–३३ का अध्यक्ष शिवप्रसाद आचार्यले भरतपोखरीमा विकासको क्रम तीव्र रुपमा बढिरहेका अवस्थामा औद्योगिकरणले पनि गति लिएको बताउनुभयो । सञ्चालक गोपिराज तिवारीका अनुसार गतवर्ष चैत १८ गतेबाट उद्योग सञ्चालनका लागि प्रक्रिया थालिएको जानकारी दिँदै एकवर्ष समयावधिमा उत्पादन बजारमा पुर्याउन सकिएको बताए ।

पानीलाई पोखरासहित देशका प्रमुख शहर हुँदै अन्तर्राष्ट्रिय बजारमा समेत पुर्याउने दीर्घकालीन लक्ष्य राखिएको छ । अर्का सञ्चालक सुदनराज अधिकारीले उद्योग सञ्चालनसँगै केही युवालाई प्रत्यक्ष तथा धेरैलाई अप्रत्यक्ष रोजगारी दिन सकिने धारणा राखे ।




भर्खरै