७ पुष २०८२, सोमबार
,
Latest
बंगलादेशलाई हेरौँ। मैले चुनौती दिएको होइन,आजसम्म नेपालीहरुले त्यत्रो १७ हजार मान्छे मर्दा पनि सहे महिला उद्यमी महासंघको अध्यक्षमा श्रेष्ठ सरकारले राजनीतिक दलका क्षतिग्रस्त कार्यालयको अनुगमन गर्ने सुदूरपश्चिम प्रदेशसभा बैठक पुस ११ मा जापानिज इन्सेफ्लाइटिस्बाट यस वर्ष ३५ जनाको मृत्यु अन्तरविद्यालय डिआइजिपी रनिङ फुटबलको तयारी पूरा ‘चियाको चुस्कीभन्दा चुनावी गफ मिठा’ सामुदायिक वनका उपभोक्ताहरुलाई आगो निभाउने सामग्री हामी आलोचनाको पात्र बनेका छौँ, तर देशका लागि सहन र भोग्न तयार छौँ: प्रधानमन्त्री कार्की यु–१९ गल्र्स बास्केटबल लिग उपाधि विजेता भ्याली पब्लिक टोली
तपाईं के खोज्दै हुनुहुन्छ ?

पानीबाट रोजगारी



अ+ अ-

पोखरा । रोजगारीको खोजीमा देशका युवा दिनानुदिन विदेशिएको वास्तविकतामा पोखरा महानगरपालिका–३३ भरतपोखरीमा व्यवसायिकतासँगै रोजगारी अभिवृद्धिको लक्ष्यका साथ युवा सक्रियतामा पानी कम्पनी सञ्चालनमा आएको छ ।

पछिल्ला समयमा तीव्र रुपमा बजारीकरण भइरहेको भरतपोखरीको चैनपुर फेदीमा झण्डै रु डेढकरोडको लागतमा हिल साइड ड्रिङकिङ वाटर प्रालि सञ्चालनमा ल्याइएको हो ।

कम्पनीका अध्यक्ष खगेन्द्रराज अधिकारीका अनुसार दैनिक १२ जनालाई प्रत्यक्ष रोजगारी दिन सकिने गरी सञ्चालनमा आएको उद्योगबाट दैनिक ५० हजार लिटर पानी बजारमा लगिने छ ।

उद्योगको उत्पादन ‘मिठो पानी’को आज यहाँ आयोजित शुभारम्भ कार्यक्रममा पोखरा महानगरपालिका–३३ का अध्यक्ष शिवप्रसाद आचार्यले भरतपोखरीमा विकासको क्रम तीव्र रुपमा बढिरहेका अवस्थामा औद्योगिकरणले पनि गति लिएको बताउनुभयो । सञ्चालक गोपिराज तिवारीका अनुसार गतवर्ष चैत १८ गतेबाट उद्योग सञ्चालनका लागि प्रक्रिया थालिएको जानकारी दिँदै एकवर्ष समयावधिमा उत्पादन बजारमा पुर्याउन सकिएको बताए ।

पानीलाई पोखरासहित देशका प्रमुख शहर हुँदै अन्तर्राष्ट्रिय बजारमा समेत पुर्याउने दीर्घकालीन लक्ष्य राखिएको छ । अर्का सञ्चालक सुदनराज अधिकारीले उद्योग सञ्चालनसँगै केही युवालाई प्रत्यक्ष तथा धेरैलाई अप्रत्यक्ष रोजगारी दिन सकिने धारणा राखे ।