१४ आश्विन २०८१, सोमबार
,
Latest
सरकारले पीडितहरुको उद्धार, राहत र पुनर्निर्माण अझै प्रभावकारी ढंगले अघि बढाउँछः प्रधानमन्त्री ओली कांग्रेस संसदीय दलको बैठक मङ्गलबार बस्ने विपद्मा परेका २५८ जनाको हवाई उद्धार, काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक र ललितपुरमा उद्धार जारी ग्लोबल आइएमई बैंकका ग्राहक तथा परिवारले बुद्ध एयरको टिकट खरिदमा ८ प्रतिशत छुट पाउने पानी घटेपछि बाढीपीडितहरू घर फर्किए अलपत्र परेका यात्रुलाई सेनाको हेलिकप्टरमा उद्धार गरिँदै बाढीले बल्खु तरकारी बजारमा रु तीन करोडको क्षति दुर्गा प्रसाईंविरुद्ध जिल्ला अदालत काठमाडौँमा मुद्दा दायर प्रधानमन्त्री ओली स्वदेश फिर्ता महासभाको दौरानमा भएका भेटवार्ता द्विपक्षीय सम्बन्ध सुधारमा सहयोगी: अमेरिका
तपाईं के खोज्दै हुनुहुन्छ ?

भीमसेनदासको समर्थन इन्द्र बानियाँलाई



अ+ अ-

काठमाडौँ । नेपाली कांग्रेस बागमती प्रदेशको प्रथम अधिवेशनअन्तर्गतको दोस्रो चरणको निर्वाचनमा सभापति पदका लागि भीमसेनदास प्रधानले इन्द्रबहादुर बानियाँलाई समर्थन गर्नुभएको छ । 

पहिलो चरणमा सभापति पदका तीन उम्मेदवारमध्ये कसैले पनि बहुमत ल्याउन नसकेपछि आज दोस्रो चरणको निर्वाचन हुँदैछ । पहिलो चरणमा सभापति पदमा इन्दबहादुर बानियाँले ९२२, अर्का प्रत्याशी जगदीश्वर नरसिंह केसीले ८७२ र प्रधानले १९७ मत ल्याउनुभएको थियो । सभापतिका लागि ५० प्रतिशतभन्दा माथि अनिवार्य मत ल्याउनुपर्ने भएकाले पहिलो चरणमा कसैले पनि आवश्यक मत हासिल गर्नसक्नुभएको थिएन ।  पहिलो चरणमा सबैभन्दा धेरै मत हासिल गर्ने दुई उम्मेदवारबीच दोस्रो चरणमा निर्वाचन हुनेभएपछि पहिलो चरणको निर्वाचनबाट बाहिरिनुभएका प्रधानले आफ्नो समर्थन बानियाँलाई रहेको बताउनुभएको हो । 

प्रधानको समर्थनसँगै बानियाँको जीत करिब सुनिश्चित भएको छ । बानियाँ संस्थापन पक्षको हुनुहुन्छ भने केसी संस्थापन इतर पक्षको उम्मेदवार हुनुहुन्छ । प्रधान सिटौला समूहबाट सभापति पदमा उठ्नु भएको थियो । 
 आज उहाँले हेटौँडामा पत्रकार सम्मेलन गर्दै पहिलो चरणमा सबैभन्दा बढी मत ल्याएका बानियाँलाई सहमति कायम गरी नेतृत्व दिनुपर्ने उल्लेख गर्दै सममतिमै नेतृत्व चयन गर्न आग्रह गर्नुभयो । संस्थापनसमूहका नेता तथा सहमहामन्त्री डा प्रकाशशरण महत, केन्द्रीय सदस्यद्वय डिना उपाध्याय र अम्बिका बस्नेत तथा सभापतिका उम्मेद्वार बानियाँसहितको पत्रकार सम्मेलनमा प्रधानले सबैभन्दा बढी मत ल्याउने बानियाँलाई नेतृत्व दिँदा न्याय हुने धारणा राख्नुभयो ।