२२ भाद्र २०८३, सोमबार
,
Latest
तनहुँको बैरेनी जग्गा विकास आयोजनाको भौतिक प्रगति ८९ प्रतिशत पाल्पामा २५५ जनामा डेङ्गु सङ्क्रमण पुष्टि रुबियोद्वारा भोटेकोसी बाढीमा ज्यान गुमाएकाप्रति समवेदना, नेपाललाई थप सहयोगको आश्वासन विदुर नगरपालिकाद्वारा बाढी प्रभावितलाई कोठा भाडावापत प्रतिपरिवार रु १० हजार उपलब्ध नीलकण्ठ नगरपालिकाद्वारा मृतकका परिवारलाई आर्थिक सहयोग ज्वालामुखीको खरानीका कारण इण्डोनेसियाका मुख्य विमानस्थलहरू अस्थायी रूपमा बन्द एथेन्स एयर शोका क्रममा ग्रीक वायुसेनाको लडाकु विमान दुर्घटना, दुई पाइलटको मृत्यु म्यानमारद्वारा चालू आर्थिक वर्षको पाँच महिनामा २२ करोड ५० लाख डलर बराबरको मत्स्यजन्य उत्पादन निर्यात फिलिपिन्समा मनसुन र चक्रवातका कारण ४३ जनाको मृत्यु, अर्बौँको भौतिक क्षति दक्षिणी लेबनानमा इजरायली हवाई हमलाः ४ जनाको मृत्यु, २० घाइते
तपाईं के खोज्दै हुनुहुन्छ ?

ए डिभिजन लिगः ब्रिगेड ब्वाइज र त्रिभुवन आर्मी भिड्दै



file
अ+ अ-

काठमाडौं । सहिद स्मारक ए डिभिजन लिग फुटबल अन्तर्गत आज (आइतबार)एक खेल हुँदैछ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने एकमात्र खेलमा ब्रिगेड ब्वाइज क्लब र त्रिभुवन आर्मी फुटबल क्लबबीच प्रतिस्पर्धा हुनेछ ।  

उक्त खेल अपरान्ह ४ः४५ बजे सुरु हुनेछ । 

ब्रिगेडले पहिलो खेलमा एपीएफलाई ३–२ गोल अन्तरले हराएको थियो भने दोस्रो खेलमा एनआरटीसँग गोलरहित बराबरी खेलेको उसको ४ अंक छ । ब्रिग्रेड तालिकाको चौंथो स्थानमा रहेको छ ।

यता, आर्मीले पहिलो खेलमा नेपाल पुलिस क्लबसँग १–१ गोलको बराबरी खेलेको थियो भने दोस्रो खेलमा मछिन्द्र क्लबसँग गोलरहित बराबरी खेलेको थियो । आर्मी दुई खेलमा २ अंक जोडेर नवौं स्थानमा रहेको छ ।