१३ आश्विन २०८३, मंगलवार Tuesday, September 29, 2026
१३ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar मार्तडी–कोल्टी सडकखण्ड खुलाउन सुरु News Polar उत्पादनको ७० प्रतिशत निर्यात नगरेका उद्योगलाई कारबाही News Polar ३ बजे मन्त्रिपरिषद्को बैठक आज बस्दै News Polar सुनचाँदीको मूल्य घट्यो News Polar चार दिनको वर्षा: पाँच सय ४२ विपद्का घटना News Polar ८५ संस्थालाई नेतृत्वविहीन बनाउने गरी अध्यादेश ल्याएको भन्दै सांसद शर्माको आलोचना News Polar ‘केही नेपाल ऐन व्यवस्था जगाउने विधेयक’ कानूनी सिद्धान्तविपरीत : सांसद कँडेल News Polar केही नेपाल ऐन जगाउने विधेयकमा सांसदहरूको मिश्रित धारणाः कानूनी अन्योल अन्त्य गर्ने विश्वास News Polar डिप्लोमा इन्जिनियरिङ परिषद् विधेयक प्रतिनिधि सभामा पेश News Polar राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय विधेयक प्रतिनिधिसभामा पेश News Polar विधि विज्ञान प्रयोगशाला विधेयकमाथि समितिको प्रतिवेदन प्रतिनिधि सभामा पेश News Polar प्रधानमन्त्री दैवीप्रकोप उद्धार र राहत कोषको आय–व्यय विवरण सार्वजनिक गर्न माग News Polar जलवायु परिवर्तनसम्बन्धी दोहोरो समिति नबनाउन सांसद विकको माग News Polar भारतीय कर नीतिले जुट उद्योग धराशायी हुने भन्दै सरकारको ध्यानाकर्षण News Polar भट्टराईको टिप्पणी : ‘ठूला माछा समात्ने प्रकरणमा सरकार पछि हट्नु विडम्बना’ News Polar धुनिबेशीमा ६ वटा सवारीसाधन दुर्घटनामा News Polar प्रधानमन्त्रीको विदेश भ्रमणबारे संसदलाई जानकारी नदिएको भन्दै एमाले सांसद हमालको आपत्ति News Polar विपद् व्यवस्थापन संरचना बलियो बनाउन सरकारसँग सांसद खरेलको माग News Polar सम्पर्कविहीन नागरिकको अवस्थाबारे तत्काल जानकारी दिन सांसद राईको माग News Polar दाना–खुर्कोट प्रसारण लाइनको टावर बाढीबाट क्षति

ब्रिजकोर्स’को नाममा ठगी धन्दा, गल्लीपिच्छे ‘कोचिङ सेन्टर’

ब्रिजकोर्स’को नाममा ठगी धन्दा, गल्लीपिच्छे ‘कोचिङ सेन्टर’
अ अ+ अ-

काठमाडौं । संघीय राजधानी काठमाडौंदेखि प्रदेश मुकाम र जिल्ला मुकामहरूमा गल्लीपिच्छे खुलेका ‘कोचिङ सेन्टर’हरूले चर्को शुल्क लिएर विद्यार्थीलाई ठगी गरेको पाइएको छ ।

एउटै प्रकृतिको पढाइ हुने ‘कोचिङ सेन्टर’हरूले फरकफरक शुल्क असुलेर ठगेको पाइएको छ । काठमाडौंसहित देशका मुख्य सहरहरू विराटनगर, पोखरा, नेपालगन्ज, बुटवल, धनगढीलगायतका स्थानमा ‘कोचिङ सेन्टर’ धमाधम चलिरहेका छन् ।

भर्खरै कक्षा १० अर्थात् एसईई परीक्षा सकिएको छ । एसईई परीक्षा नसकिदै कतिपय ‘कोचिङ सेन्टर’ले परीक्षा केन्द्रमै पुगेर चर्को विज्ञापन गरेका थिए । जब कि एसईई उत्तीर्ण गरेपछि ब्रिजकोर्स गर्नैपर्छ भन्ने प्रावधान छैन । सरकारले समेत कक्षा १२ सम्मको शिक्षालाई निःशुल्क र अनिवार्य गरेको छ । तर, ब्रिजकोर्सको नाममा केही कन्सल्टेन्सी र ‘कोचिङ सेन्टर’ले ठगी धन्दा मच्चाइरहेका छन् । निजी विद्यालयका सञ्चालकहरूसमेत ब्रिजकोर्स अध्यापन गराउने संस्थाको सञ्चालक भएर बसेको पाइएको छ । उनीहरूको मुख्य आशय आफ्नो कलेजमा विद्यार्थीलाई आकर्षण गर्ने देखिन्छ ।
कक्षा १० उतीर्ण गरेका विद्यार्थीहरूले विज्ञान, व्यवस्थापनलगायतका संकायमा अध्ययन प्रवेशका लागि ब्रिजकोर्स गर्दै आएका छन् । कोचिङ सेन्टरहरूले एउटा विद्यार्थीबाट ५ हजारदेखि १५ हजार रुपैयाँसम्म लिएको पाइएको छ । विभिन्न ‘प्याकेज’का नाममा भर्ना भएदेखि १० सातासम्म अध्यापन गर्नेúगराउने गरेका छन् । कन्सल्टेन्सीहरूले रजिस्टेसन, परीक्षा, शैक्षिक सामग्री, प्रमाणपत्रलगायतका शीर्षकमा शुल्क लिदै आएका राजधानी दैनिकमा खबर छ ।