१४ आश्विन २०८१, सोमबार
,
Latest
महासभाको दौरानमा भएका भेटवार्ता द्विपक्षीय सम्बन्ध सुधारमा सहयोगी: अमेरिका सर्वोच्चका प्रश्तावित न्यायाधीशद्वय निरौला र पाण्डेको संसदीय सुनुवाई प्रक्रिया शुरु दुई दिनमा ३० हजार यात्रुले लिए अग्रिम टिकट झ्याप्ले खोलामा अवरुद्ध सडक खुलेयता १७ सय सवारी काठमाडौँ भित्रिए धितोपत्र बजार: कारोबार तीन महिनायताकै न्यून पहिराका कारण रोकिएका एक हजारभन्दा बढी गाडी बसपार्कबाट छुट्न थाले विपदको कहर: ललितपुरको बिजुली नियमित गर्न यथेष्ट जनशक्ति परिचालन अखिल क्रान्तिकारीको राष्ट्रिय सम्मेलनमा हानाहान सरकारले वृद्धि गरिएको हवाई भाडादर नियन्त्रण गर्छ: मन्त्री दाहाल मिथुन चक्रवर्तीलाई दादासाहेब फाल्के पुरस्कार
तपाईं के खोज्दै हुनुहुन्छ ?

लुम्बिनीमा आन्तरिक पर्यटकको चहलपहल बढ्दै



अ+ अ-

तस्वीर- गणेश भुसाल

लुम्बिनी । कोरोना सङ्क्रमणको जोखिम क्रमशः घट्दै गएपछि बौद्ध धर्मावलम्बीहरुको प्रमुख आस्था र श्रद्धाको केन्द्र लुम्बिनी क्षेत्रमा आन्तरिक पर्यटकको चहलपहल बढ्दै गएको छ । 

कोरोनो सङ्क्रमण कम भएपछि नेपाल सरकारले जारी गरेको निषेधाज्ञालाई खुकुलो बनाउँदै हटाएपछि गत साउन महिनादेखि लुम्बिनी क्षेत्र खुला गरिएसँगै आन्तरिक पर्यटकको आगमन बढ्न थालेको हो । 

कोरोना सङ्क्रमण भए पनि यसको जोखिम कायमै भएकाले सरकारले निर्धारण गरेको स्वास्थ्य मापदण्ड पालना गराई आन्तरिक पर्यटनलाई प्रवद्र्धन गरिएको लुम्बिनी विकास कोषले जनाएको छ । कोषले मायदेवी मन्दिरमा प्रवेश गर्ने पर्यटकका लागि मास्क लगाउन अनिवार्य गरेको छ । 

कोषले  विश्व पर्यटन दिवसको अवसर पारेर लुम्बिनी क्षेत्र खुला रहेको सन्देश विश्वभरि पठाएको जानकारी दिएको छ । साथै नेपाल सरकारले विदेशी पर्यटकका लागि अनअराइभल भिसा पनि दिन सुरु गरेको छ । यसबाट आन्तरिकका साथै बाह्य पर्यटकको आगमन वृद्धि हुने अपेक्षा कोषले गरेको छ । 

कोषले लुम्बिनीलाई कोरोना सङ्कमणको जोखिमबाट मुक्त बनाई पर्यटकलाई आकर्षित गर्न कोरोना विकास निर्माण, सरसफाइ र मर्मत सम्भार जस्ता कामलाई निरन्तरता दिइरहेको छ । 

कोषका उपाध्यक्ष भिक्षु मैत्तेयले कोभिड–१९ को सङ्क्रमण कम हुँदै गएपछि धैरै मानिसको लुम्बिनीमा आवागमन भएको बताउनुभयो । उहाँका अनुसार अहिले लुम्बिनी क्षेत्रमा दैनिक ८ हजार आन्तरिक पर्यटक आउने गर्छन् । शनिबार मात्र १२ हजार ५०० को हाराहारीमा पर्यटकले लुम्बिनी अवलोकन गर्छन् । 

मुलुकका रोल्पा, बाजुराजस्ता दुर्गम जिल्लाबाट आउने पर्यटकहरु पाँच वर्गकिलोमिटर क्षेत्रफलमा फैलिएको लुम्बिनी क्षेत्रमा कहाँसम्म घुम्ने हो भन्ने भेउ नै पाउँदैनन् । ‘दिनभर घुमेर पनि नसकिने लुम्बिनी क्षेत्रमा आन्तरिक पर्यटकले के के हेर्ने, कहाँसम्म घुम्ने, त्यहाँ गएर के गर्ने भन्ने मेसो नै पाउँदैनन् ।’ उहाँका अनुसार कसैको पारिवारिक घुमघाम भए पनि धेरै जना त्यहाँ गएर ध्यान गर्ने, अध्ययन अनुसन्धान गर्ने गर्छन् ।

‘हामीले अधिकांशरुपमा विदेशी पर्यटकलाई आकर्षित गर्ने उद्देश्यले लुम्बिनी गुरुयोजना बनायौँ’, उहाँले भन्नुभयो, ‘अब आन्तरिक पर्यटकलाई पनि समेट्ने गरी कार्यक्रम बनाउनुपर्नेतिर कोषले पुनरविचार गर्नुपर्ने बेला आयो ।’