६ श्रावण २०८३, बुधबार
,
Latest
महासंघका आठ वटा विषयगत समितिले पाए पूर्णता, सदस्यलाई मनोनयन पत्र हस्तान्तरण वैज्ञानिक उपायहरू समेटिएको स्पष्ट कार्ययोजना तयार गर्न मानव–वन्यजन्तु द्वन्द्व व्यवस्थापन टास्क फोर्सले मन्त्री चौधरीको निर्देशन आयुर्वेद तथा वैकल्पिक चिकित्सा सुधारका लागि उच्चस्तरीय छलफल,आयुर्वेदिक पर्यटन प्रवर्द्धनमा सरकारको जोड बैंकिङ कसुर मुद्दामा शंकर ग्रुपका अध्यक्ष शंकरलाल अग्रवाल पक्राउ कञ्चनपुर भन्सारबाट १३ प्रतिशत राजस्व सङ्कलनमा कमी जनकपुरधाममा छ अर्ब छ करोड ७८ लाख राजस्व सङ्कलन रासायनिक मल आपूर्ति सुदृढ, रक्सौलमा १,२५० मेट्रिक टन डीएपी आइपुग्यो काँग्रेस र प्रजातन्त्रवादीहरूलाई गगन थापासँग सती जान नदिउँ, नयाँ पार्टी निर्माण गरौँः मोहन बस्नेत गणेश नेपाली मृत्यु प्रकरण छानबिन गर्न पूर्वन्यायाधीश बास्तोलाको संयोजकत्वमा न्यायिक समिति गठन मन्त्रिपरिषद्को बैठक: यस्ता छन् निर्णयहरु
तपाईं के खोज्दै हुनुहुन्छ ?

लुम्बिनीमा आन्तरिक पर्यटकको चहलपहल बढ्दै



अ+ अ-

तस्वीर- गणेश भुसाल

लुम्बिनी । कोरोना सङ्क्रमणको जोखिम क्रमशः घट्दै गएपछि बौद्ध धर्मावलम्बीहरुको प्रमुख आस्था र श्रद्धाको केन्द्र लुम्बिनी क्षेत्रमा आन्तरिक पर्यटकको चहलपहल बढ्दै गएको छ । 

कोरोनो सङ्क्रमण कम भएपछि नेपाल सरकारले जारी गरेको निषेधाज्ञालाई खुकुलो बनाउँदै हटाएपछि गत साउन महिनादेखि लुम्बिनी क्षेत्र खुला गरिएसँगै आन्तरिक पर्यटकको आगमन बढ्न थालेको हो । 

कोरोना सङ्क्रमण भए पनि यसको जोखिम कायमै भएकाले सरकारले निर्धारण गरेको स्वास्थ्य मापदण्ड पालना गराई आन्तरिक पर्यटनलाई प्रवद्र्धन गरिएको लुम्बिनी विकास कोषले जनाएको छ । कोषले मायदेवी मन्दिरमा प्रवेश गर्ने पर्यटकका लागि मास्क लगाउन अनिवार्य गरेको छ । 

कोषले  विश्व पर्यटन दिवसको अवसर पारेर लुम्बिनी क्षेत्र खुला रहेको सन्देश विश्वभरि पठाएको जानकारी दिएको छ । साथै नेपाल सरकारले विदेशी पर्यटकका लागि अनअराइभल भिसा पनि दिन सुरु गरेको छ । यसबाट आन्तरिकका साथै बाह्य पर्यटकको आगमन वृद्धि हुने अपेक्षा कोषले गरेको छ । 

कोषले लुम्बिनीलाई कोरोना सङ्कमणको जोखिमबाट मुक्त बनाई पर्यटकलाई आकर्षित गर्न कोरोना विकास निर्माण, सरसफाइ र मर्मत सम्भार जस्ता कामलाई निरन्तरता दिइरहेको छ । 

कोषका उपाध्यक्ष भिक्षु मैत्तेयले कोभिड–१९ को सङ्क्रमण कम हुँदै गएपछि धैरै मानिसको लुम्बिनीमा आवागमन भएको बताउनुभयो । उहाँका अनुसार अहिले लुम्बिनी क्षेत्रमा दैनिक ८ हजार आन्तरिक पर्यटक आउने गर्छन् । शनिबार मात्र १२ हजार ५०० को हाराहारीमा पर्यटकले लुम्बिनी अवलोकन गर्छन् । 

मुलुकका रोल्पा, बाजुराजस्ता दुर्गम जिल्लाबाट आउने पर्यटकहरु पाँच वर्गकिलोमिटर क्षेत्रफलमा फैलिएको लुम्बिनी क्षेत्रमा कहाँसम्म घुम्ने हो भन्ने भेउ नै पाउँदैनन् । ‘दिनभर घुमेर पनि नसकिने लुम्बिनी क्षेत्रमा आन्तरिक पर्यटकले के के हेर्ने, कहाँसम्म घुम्ने, त्यहाँ गएर के गर्ने भन्ने मेसो नै पाउँदैनन् ।’ उहाँका अनुसार कसैको पारिवारिक घुमघाम भए पनि धेरै जना त्यहाँ गएर ध्यान गर्ने, अध्ययन अनुसन्धान गर्ने गर्छन् ।

‘हामीले अधिकांशरुपमा विदेशी पर्यटकलाई आकर्षित गर्ने उद्देश्यले लुम्बिनी गुरुयोजना बनायौँ’, उहाँले भन्नुभयो, ‘अब आन्तरिक पर्यटकलाई पनि समेट्ने गरी कार्यक्रम बनाउनुपर्नेतिर कोषले पुनरविचार गर्नुपर्ने बेला आयो ।’




भर्खरै