२२ भाद्र २०८३, सोमबार
,
Latest
तनहुँको बैरेनी जग्गा विकास आयोजनाको भौतिक प्रगति ८९ प्रतिशत पाल्पामा २५५ जनामा डेङ्गु सङ्क्रमण पुष्टि रुबियोद्वारा भोटेकोसी बाढीमा ज्यान गुमाएकाप्रति समवेदना, नेपाललाई थप सहयोगको आश्वासन विदुर नगरपालिकाद्वारा बाढी प्रभावितलाई कोठा भाडावापत प्रतिपरिवार रु १० हजार उपलब्ध नीलकण्ठ नगरपालिकाद्वारा मृतकका परिवारलाई आर्थिक सहयोग ज्वालामुखीको खरानीका कारण इण्डोनेसियाका मुख्य विमानस्थलहरू अस्थायी रूपमा बन्द एथेन्स एयर शोका क्रममा ग्रीक वायुसेनाको लडाकु विमान दुर्घटना, दुई पाइलटको मृत्यु म्यानमारद्वारा चालू आर्थिक वर्षको पाँच महिनामा २२ करोड ५० लाख डलर बराबरको मत्स्यजन्य उत्पादन निर्यात फिलिपिन्समा मनसुन र चक्रवातका कारण ४३ जनाको मृत्यु, अर्बौँको भौतिक क्षति दक्षिणी लेबनानमा इजरायली हवाई हमलाः ४ जनाको मृत्यु, २० घाइते
तपाईं के खोज्दै हुनुहुन्छ ?

साताको पहिलो दिन नेप्से परिसूचक ७२.३२ अंकले गिरावट



अ+ अ-

काठमाडौं । साताको पहिलो दिन आइतबार शेयर बजारमा मापक नेप्से परिसूचकमा भारी गिरावट आएको छ ।

नेप्से परिसूचक दुई साता देखि निरन्तर रुपमा गिरावट आइरहेको छ । त्यसैको निरन्तरता जस्तै आइतबार पनि कारोबारमा गिरावट आएकोछ । आतबार नेप्से परिसूचक ७२.३२ अंकले घटेर २५१३.८७ अंकमा झरेको छ । आज कारोबारमा आएका २२६ कम्पनीको ८९ लाख २० हजार कित्ता शेयर ४ अर्ब ९ करोड ७ लाख ६५ हजार रुपैयाँ बराबरको कारोबार भएको  छ । त्यस्तै, सेन्सेटिभ इण्डेक्स २.९ प्रतिशत, फ्लोट इण्डेक्स ३.१५ प्रतिशत र सेन्सेटिभ फ्लोट इण्डेक्स ३.७३ प्रतिशत घटेको छ ।

आइतबार १३ वटै उपसमूहको परिसूचकमा गिरावट आएको छ । जसमध्ये वित्त उपसमूहको परिसूचक सबै भन्दा बढी ४.५४ प्रतिशत घटेको छ । त्यस्तै, व्यापार ४.२९ र विकास बैंक उपसमूहको परिसूचक ४.२७ ,जलविद्युत ३.२९, अन्य र लगानी उपसमूहको परिसूचक ३ प्रतिशतभन्दा बढी घटेको छ । बैंकिङ्ग २.३३, होटल तथा पर्यटन २.२७ , निर्जीवन बीमा २.१६ , उत्पादन तथा प्रशोधन २.०८, लघुवित्त २.६४ र जीवन बीमा उपसमूहको परिसूचक २.२७ प्रतिशतले घटेको छ ।

आज समग्र शेयर बजार ओरालो लागेपनि न्यादी पावरको शेयर भने सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। त्यस्तै, नयाँ सारथी लघुवित्त, आईसीएफसी फाइनान्स र सबैको लघुवित्तको शेयरमूल्य भने घटेको छ।  आज कारोबारका आधारमा सबै भन्दा धेरै  नेशनल हाइड्रोपावरको २८ करोड ६२ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। त्यस्तै ,हिमालयन डिष्टिलरी, नेपाल टेलिकम र नबिल बैंकको १६ करोडभन्दा बढीको शेयर खरिदबिक्री भएको छ ।