१४ आश्विन २०८१, सोमबार
,
Latest
धितोपत्र बजार: कारोबार तीन महिनायताकै न्यून पहिराका कारण रोकिएका एक हजारभन्दा बढी गाडी बसपार्कबाट छुट्न थाले विपदको कहर: ललितपुरको बिजुली नियमित गर्न यथेष्ट जनशक्ति परिचालन अखिल क्रान्तिकारीको राष्ट्रिय सम्मेलनमा हानाहान सरकारले वृद्धि गरिएको हवाई भाडादर नियन्त्रण गर्छ: मन्त्री दाहाल मिथुन चक्रवर्तीलाई दादासाहेब फाल्के पुरस्कार रौतहटमा बाढीले दुईको मृत्यु, पाँच हजार ५९५ विस्थापित गण्डकी प्रदेश प्रमुख भट्टसमक्ष अख्तियारको प्रतिवेदन पेस २० वर्षदेखि राजमार्गमा गाउँले स्वाद पस्किरहेका मनहरि सुकुम्वासी बस्तीका बाढी पीडितको गुनासो: मेयर बालेनले वास्तै गरेनन्
तपाईं के खोज्दै हुनुहुन्छ ?

साताको पहिलो दिन नेप्से परिसूचक ७२.३२ अंकले गिरावट



अ+ अ-

काठमाडौं । साताको पहिलो दिन आइतबार शेयर बजारमा मापक नेप्से परिसूचकमा भारी गिरावट आएको छ ।

नेप्से परिसूचक दुई साता देखि निरन्तर रुपमा गिरावट आइरहेको छ । त्यसैको निरन्तरता जस्तै आइतबार पनि कारोबारमा गिरावट आएकोछ । आतबार नेप्से परिसूचक ७२.३२ अंकले घटेर २५१३.८७ अंकमा झरेको छ । आज कारोबारमा आएका २२६ कम्पनीको ८९ लाख २० हजार कित्ता शेयर ४ अर्ब ९ करोड ७ लाख ६५ हजार रुपैयाँ बराबरको कारोबार भएको  छ । त्यस्तै, सेन्सेटिभ इण्डेक्स २.९ प्रतिशत, फ्लोट इण्डेक्स ३.१५ प्रतिशत र सेन्सेटिभ फ्लोट इण्डेक्स ३.७३ प्रतिशत घटेको छ ।

आइतबार १३ वटै उपसमूहको परिसूचकमा गिरावट आएको छ । जसमध्ये वित्त उपसमूहको परिसूचक सबै भन्दा बढी ४.५४ प्रतिशत घटेको छ । त्यस्तै, व्यापार ४.२९ र विकास बैंक उपसमूहको परिसूचक ४.२७ ,जलविद्युत ३.२९, अन्य र लगानी उपसमूहको परिसूचक ३ प्रतिशतभन्दा बढी घटेको छ । बैंकिङ्ग २.३३, होटल तथा पर्यटन २.२७ , निर्जीवन बीमा २.१६ , उत्पादन तथा प्रशोधन २.०८, लघुवित्त २.६४ र जीवन बीमा उपसमूहको परिसूचक २.२७ प्रतिशतले घटेको छ ।

आज समग्र शेयर बजार ओरालो लागेपनि न्यादी पावरको शेयर भने सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। त्यस्तै, नयाँ सारथी लघुवित्त, आईसीएफसी फाइनान्स र सबैको लघुवित्तको शेयरमूल्य भने घटेको छ।  आज कारोबारका आधारमा सबै भन्दा धेरै  नेशनल हाइड्रोपावरको २८ करोड ६२ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। त्यस्तै ,हिमालयन डिष्टिलरी, नेपाल टेलिकम र नबिल बैंकको १६ करोडभन्दा बढीको शेयर खरिदबिक्री भएको छ ।