१४ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

यसपाली त मनै फाट्यो …. कमल थापा



अ+ अ-

काठमाडौ  । राष्ट्रिय प्रजातन्त्र पार्टीको अध्यक्षमा पराजीत भएपछि नेता कमल थापाले पूर्वराजा ज्ञानेन्द्र शाह , हिमानी शाह देखी राजेन्द्र लिङ्देन सम्मलाई कटाक्ष गर्नुभयो । छिन छिनमा सामाजिक संञ्जालमा आफ्ना भावना व्यक्त गर्नुभएका थापाले पराजयको पीडा भुल्न गितकार राजेन्द्र थापाको शब्दमा अरुणा लामाले गाउनु भएको गित पोहोर साल खुशी फाट्दालाई सम्झनु  भएको छ   । 

थापा आफै पनि राम्रो गितकार हुनहुन्छ । उहाँले चलचित्र युगदेखी युगसम्मको चर्चित गित तिनपाते डाडाँ काटेर लेख्नु भएका थियो । अहिले राप्रपाको यो महाधिबेशनले उहाँलाई राजीतिको एउटा डाडाँबाट खोचमा पुर्योईदिएको छ । पराजय पछि भाबुक बन्नु भएका थापाले लेख्नुभएको छ  ।

मेरो अन्तर्मन भित्र मेरो मान्यता माथि गंभीर प्रश्न चिन्ह खडा भएको अहिलेको अवस्थामा कवि राजेन्द्र थापाको यो कविता सम्झन मन लाग्यो-

पोहोर साल खुशी फाट्दा
जतन गरि मनले टाले
त्यहि साल माया फाट्यो
त्यसलाई पनि मनले टाले
यसपाली त मनै फाट्यो
केले सिउने केले टाल्ने हो ?