१४ आश्विन २०८१, सोमबार
,
Latest
पहिराका कारण रोकिएका एक हजारभन्दा बढी गाडी बसपार्कबाट छुट्न थाले विपदको कहर: ललितपुरको बिजुली नियमित गर्न यथेष्ट जनशक्ति परिचालन अखिल क्रान्तिकारीको राष्ट्रिय सम्मेलनमा हानाहान सरकारले वृद्धि गरिएको हवाई भाडादर नियन्त्रण गर्छ: मन्त्री दाहाल मिथुन चक्रवर्तीलाई दादासाहेब फाल्के पुरस्कार रौतहटमा बाढीले दुईको मृत्यु, पाँच हजार ५९५ विस्थापित गण्डकी प्रदेश प्रमुख भट्टसमक्ष अख्तियारको प्रतिवेदन पेस २० वर्षदेखि राजमार्गमा गाउँले स्वाद पस्किरहेका मनहरि सुकुम्वासी बस्तीका बाढी पीडितको गुनासो: मेयर बालेनले वास्तै गरेनन् टेक्नोले ल्यायो स्पार्क ३० सी, जेन जीका लागि ‘बब्बाल’ च्वाइस फोन
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेताहरुको मानमर्दन र कार्यकर्ताहरुको विश्वासघात गर्न म नेतृत्वमा आएको होइनः अध्यक्ष लिङदेन



अ+ अ-

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नवनिर्वाचित अध्यक्ष राजेन्द्र लिङदेनले नेताहरुको मानमर्दन गर्न र कार्यकर्ताहरुको विश्वासघात गर्न आफू नेतृत्वमा नआएको बताउनु भएको छ । 

नवनिर्वाचित अध्यक्ष लिङदेनले पार्टीका निवर्तमान अध्यक्षहरुको जीवनकालमै आफ्नो पार्टीलाई मुलुकको बलियो शक्तिको रुपमा स्थापित गराउने प्रतिवद्धता समेत व्यक्त गर्नु भयो । आईतबार काठमाडौंमा सपथ ग्रहण गर्दै उहाँले दुई पटक मृत्युको मुखमा पुगेर पनि बाँचेको आफूले नेताको सम्मान र कार्यकर्ताहरुको भावनामाथि चोट नपु¥याई आफ्नो पार्टीलाई बलियो बनाउने बताउनुभयो । नवनिर्वाचित अध्यक्ष लिङदेनले यो मरो पनि बदमास रहेछ भन्ने नपार्ने दृढता समेत व्यक्त गर्नु भयो । 

उहाँले अनुभवी नेताहरुको साथ लिएर पार्टीमा गल्ती नगर्ने बताउनु भयो । अध्यक्ष लिङदेनले भन्नु भयो, ‘राजेन्द्र लिङदेनले पार्टी चलाउन सक्छ भन्ने आशंका छ । पार्टीमा म मात्रै कहाँ छु ? मैले भने हाम्रो श्रद्धेय तीन नेताहरु हुनुहुन्छ । अनि हाम्रा पदाधिकारीहरु हुनुहुन्छ । मैले दाई मानेका अनुभवी मानिसहरु हुनुहुन्छ । उहाँहरुको साथ लिएर अघि बढछौं । कहीँ पनि त्रुटी गर्दैनौं । म आत्मविश्वासी छु । म गल्ती गर्दिन । मैले धोका दिँदिन । मैले कसैलाई पनि रुवाउँदिन । कसैलाई थुक्क यो मेरो पनि बदमासै रहेछ भन्ने पार्दिन भन्ने मेरो मनमा लाग्छ । किनभने म अहिले यो अध्यक्ष भए । मेरो चाहनाको कुरा थिएन । मेरो कुनै महत्वकांक्षाले होईन । मलाई किनकिन यो पार्टी यत्तिकै जान दिनु हुँदैन । हामीले प्रयत्न ग¥यौं भने एउटा सन्देश देशबासीहरुमै जान्छ । राप्रपाको कार्यकर्तामा मात्रै होईन । अव यही राप्रपाको कार्यकर्तामात्रै मिलेर पुग्दैन । यतिले मात्रै त हामीले एक सिटको लागि मात्र भयौं । धेरै सिटको हुनका लागि त काँग्रेस, एमालेसहितका राप्रपा बाहिरका मान्छेमा हाम्रो सन्देश पुग्नु प¥यो । उनीहरुलाई जोडनु पर्यो । 

त्यो जोडनका लागि हामीले केही प्रयत्न गर्नुप¥यो भनेर प्रयत्न गर्ने क्रममा आज यहाँसम्म आईपुगेको छु । मेरा जीवनमा अनेक संयोगहरु छन । म दुई चोटी मृत्यको मुखबाट फर्केर आएको मान्छु हुँ । एक चोटी माओवादी द्धन्द्धका बेला माओवादीहरुले सहरबीचमा पर्केर हजारौं मानिसहरुले निर्घात कुटपीट गरेर अव यति भए यो मान्छे बाँच्दैन बाच्यो भने पनि गरिखान सक्दैन भनेर फ्याँकेको मान्छे, बाँचेर यहाँसम्म आए । अस्ती यो महामारीमा एकैरात ढिलो ल्याएको भए म आज तपाईहरुको बीचमा हुन्नथ्ये । म पटकपटक मृत्युको मुखबाट फर्केर आएको दुई चार वर्ष बाँच्नको लागि मात्रै हो ? मर्न त मर्छु । अजम्मरी त कोही पनि छैन । मलाई कस्तो लाग्छ भने होइन । त्यतिको लागि मात्रै होईन । नेताहरुको मानमर्दन गर्न र कार्यकर्ताको विश्वासमाथि कुठारा घात गर्न आफू नेतृत्वमा नआएको होईन । मलाई विश्वास छ–हामी सबै मिलेर राष्ट्रिय प्रजातन्त्र पार्टीलाई तपाईहरुको जीवनकालमै राप्रपा यो मुलुकको बलियो शक्ति भएको देखाउछौं । त्यो विश्वासका साथ हामी काम गछांैं । यो पार्टी भित्र कुनै गुट छैन, समूह छैन ।’

नवनिर्वाचित अध्यक्ष लिङदेनले काँग्रेस र एमालेलाई पनि जोडेर आफूहरुले राप्रपालाई मुलुकको अग्रणी पार्टीको रुपमा अघि बढाउने बताउनु भयो । उहाँले अव पार्टी भित्र कुनै पनि गुट नभएको दावी समेत गर्नु भयो ।