१४ आश्विन २०८१, सोमबार
,
Latest
पहिराका कारण रोकिएका एक हजारभन्दा बढी गाडी बसपार्कबाट छुट्न थाले विपदको कहर: ललितपुरको बिजुली नियमित गर्न यथेष्ट जनशक्ति परिचालन अखिल क्रान्तिकारीको राष्ट्रिय सम्मेलनमा हानाहान सरकारले वृद्धि गरिएको हवाई भाडादर नियन्त्रण गर्छ: मन्त्री दाहाल मिथुन चक्रवर्तीलाई दादासाहेब फाल्के पुरस्कार रौतहटमा बाढीले दुईको मृत्यु, पाँच हजार ५९५ विस्थापित गण्डकी प्रदेश प्रमुख भट्टसमक्ष अख्तियारको प्रतिवेदन पेस २० वर्षदेखि राजमार्गमा गाउँले स्वाद पस्किरहेका मनहरि सुकुम्वासी बस्तीका बाढी पीडितको गुनासो: मेयर बालेनले वास्तै गरेनन् टेक्नोले ल्यायो स्पार्क ३० सी, जेन जीका लागि ‘बब्बाल’ च्वाइस फोन
तपाईं के खोज्दै हुनुहुन्छ ?

३३ किलो सुन प्रकरणमा मुछिएका अग्रवाल इन्टरपोलबाट पक्राउ परे



अ+ अ-

काठमाडौं । ३३ किलो सुन प्रकरणमा मुछिएका कृष्णगोपाल अग्रवाल पक्राउ परेका छन् । 

उनलाई पक्राउ गर्नका लागि इन्टरपोलबाट रेडकर्नर नोटिससमेत जारी भएको थियो ।

झापा साविक शिवगंज गाबिस–१ ठेगाना भएका ५० वर्षीय अग्रवाललाई आइतबार प्रहरी प्रधान कार्यालय ईन्टरपोल शाखाबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।

उनीमाथि गोरे भनिने चुडामणि उप्रेतिसमेत भएको आपराधिक समूह स्थापना र सञ्जालनमा भूमिका खेलेको आरोप रहेको छ । 

उनी दुबईबाट नेपाल आउँदैछन् भन्ने सूचनाको आधारमा तत्काल प्रहरीले उनलाई पक्राउ गरेको हो ।

अग्रवाललाई जिल्ला प्रहरी कार्यालय मोरङबाट सम्बन्धित अपराध कसूरमा कारबाही गर्ने गराउने प्रयोजनार्थ हाल महानगरीय प्रहरी वृत्त गौशाला काठमाडौंमा राखिएको प्रहरीले जनाएको छ ।