१४ आश्विन २०८१, सोमबार
,
Latest
पहिराका कारण रोकिएका एक हजारभन्दा बढी गाडी बसपार्कबाट छुट्न थाले विपदको कहर: ललितपुरको बिजुली नियमित गर्न यथेष्ट जनशक्ति परिचालन अखिल क्रान्तिकारीको राष्ट्रिय सम्मेलनमा हानाहान सरकारले वृद्धि गरिएको हवाई भाडादर नियन्त्रण गर्छ: मन्त्री दाहाल मिथुन चक्रवर्तीलाई दादासाहेब फाल्के पुरस्कार रौतहटमा बाढीले दुईको मृत्यु, पाँच हजार ५९५ विस्थापित गण्डकी प्रदेश प्रमुख भट्टसमक्ष अख्तियारको प्रतिवेदन पेस २० वर्षदेखि राजमार्गमा गाउँले स्वाद पस्किरहेका मनहरि सुकुम्वासी बस्तीका बाढी पीडितको गुनासो: मेयर बालेनले वास्तै गरेनन् टेक्नोले ल्यायो स्पार्क ३० सी, जेन जीका लागि ‘बब्बाल’ च्वाइस फोन
तपाईं के खोज्दै हुनुहुन्छ ?

विभेद र असमानता नहटेसम्म मुलुक समृद्ध  बन्न नसक्ने : अध्यक्ष यादव



file
अ+ अ-

जनकपुर । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले विभेद र असमानता नहटेसम्म मुलुक समृद्ध  बन्न नसक्ने बताउनुभएको छ । 

महोत्तरीको बर्दिवासमा आज आयोजित दलित समुदायको वर्तमान अवस्थाः समस्या र समाधान विषयक कार्यशाला गोष्ठीको उद्घाटन गर्नुहुँदै अध्यक्ष यादवले विकास र समृद्धिको बाधक जातीय भेदभाव, असमानता र विभेद रहेकोले मुलुकलाई समृद्ध बनाउन भेदभाव, असमानताको अन्त्य हुनुपर्ने बताउनुभयो । 

अध्यक्ष यादवले दलित समुदाय भूमिहीन, आर्थिकरुपमा कमजोर रहेकाले यस्तै अवस्था कायम रहे मुलुक समृद्ध बन्न नसक्ने बताउनुभयो । 

दलित समुदायको पेशा, कला, संस्कृति उजागर भए दलित समुदाय स्वतःसमृद्ध हुने र यसबाट अधिकांश समस्या समाधान भएर जाने बताउनुहुँदै अध्यक्ष यादवले त्यसतर्फ राज्यको ध्यान पुग्नुपर्ने बताउनुभयो । वैदेशिक सँस्कृति अपनाइरहेसम्म समृद्ध नेपालको परिकल्पना गर्न नसकिने दावी गर्नुहुँदै अध्यक्ष यादवले यहाँका कला र सँस्कृति जोगाउनु सबैको दायित्व हो भन्नुभयो । 

सामाजिक विकास मन्त्रालय, दलित विकास समिति र इनोभेटिभ रिसर्च एण्ड डेभलपमेन्टको संयुक्त आयोजनामा भएको सो कार्यक्रममा सामाजिक विकास मन्त्री नवलकिशोर साह, राष्ट्रिय योजना आयोगका डा उमाशंकर प्रसाद, प्रदेश लोकसेवा आयोगका सुरेन्द्र यादव, दलित विकास समितिका उपाध्यक्ष रामप्रवेश बैठालगायतले बोल्नुभएको थियो । 

दुई दिनसम्म चल्ने गोष्ठीमा प्रदेश–२ का दलित समुदायको अगुवाको सहभागिता रहेको इनोभेटिभ रिसर्च एण्ड डेभलपमेन्टका विनोदकुमार विश्वकर्माले जानकारी दिनुभयो ।