१ पुष २०८२, मंगलवार
,
Latest
माथिल्लो अरुण आयोजना निर्माणका लागि दुई हजार बढी रुख काटियो अख्तियारद्वारा पोखरा विमानस्थलका तत्कालीन आयोजना प्रमुखविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता पासाङ शेर्पाको उम्मेदवारी खारेज एमाले महाधिवेशनः ११ केन्द्रीय सदस्य सर्वसम्मत, दुईको खारेजी र १५ जनाको उम्मेदवारी फिर्ता नेपाल आउने भारतीय र भारत जाने नेपालीले प्रतिव्यक्ति भा.रु. २५ हजारसम्म बोक्न पाउने रेडपाण्डा म्याराथनः पुरुषतर्फ गजेन्द्र र महिलातर्फ निर्मलाले उपाधि जिते दोहोरो अङ्कले बढ्यो नेप्से परिसूचक सभापति देउवा र नेता कोइरालाबीच भेट जेनजी सुशासन योद्धा: भट्ट परिवारको सहारा, कान्छो ढल्यो… भृकुटीमण्डपमा एमालेको ११ औं राष्ट्रिय महाधिवेशन (तस्बिरहरु)
तपाईं के खोज्दै हुनुहुन्छ ?

क्यालिफोर्नियामा जहाज दुर्घटनामा चारको मृत्यु



अ+ अ-

लस एञ्जलस । अमेरिकाको क्यालिफोर्नियामा भएको जहाज दुर्घटनामा परी कम्तीमा पनि चार जनाको ज्यान गएको छ ।

प्राप्त समाचारमा सो जहाज सानो आकारको र एकमात्र इन्जिनको रहेको थियो । क्यालिफोर्नियाको लस एञ्जलसबाट करिब ३२० किलोमीटर उत्तरी क्षेत्रमा सो जहाज दुर्घटनाग्रस्त भएको थियो । यहाँको स्थानीय भिसिला म्युनिसिपल एरपोर्टबाट उडेको केही क्षणमा नै सो विमान दुर्घटनामा परेको थियो ।

सो जहाज छ सिट क्षमताको थियो र त्यसमा रहेका चार जना व्यक्तिको घटनास्थलामै ज्यान गएको थियो ।  दुर्घटनामा परेर ज्यान गुमाएकाहरुको पहिचान खुल्न सकेको छैन । अधिकारीहरुले सो घटनाको अनुसन्धान जारी रहेको बताएका छन् । यस विषयमा थप जानकारी प्राप्त हुन सकेको छैन ।  (रासस-सिन्ह्वा)