५ आश्विन २०८३, सोमबार Monday, September 21, 2026
५ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar बाढी प्रभावितको पुनःस्थापनाबारे सञ्चारमन्त्री डा तिमिल्सिना र उत्तरगया गाउँपालिका अध्यक्षबीच छलफल News Polar ओलीलाई पोखरेलको आग्रह : ‘पार्टीलाई नयाँ नेतृत्वतर्फ लैजान अब बाटो खोलौं’ News Polar भोटेकोशी–त्रिशूली विपद् अध्ययन गर्न १५ सदस्यीय संसदीय विशेष समिति गठनको तयारी News Polar सभामुख अर्यालसँग भारतीय राजदूत श्रीवास्तवले गरे विदाई भेट News Polar बाढीपीडितको पुनःस्थापना र पुनर्निर्माणका लागि सरकारले सबै निकाय र पक्षसँग सहकार्य गरिरहेको छ : सञ्चारमन्त्री डा तिमिल्सिना News Polar जलन उपचारका लागि विशेषज्ञ जनशक्ति तयार गर्न ३० दिने तालिम सञ्चालन गर्दै स्वास्थ्य मन्त्रालय News Polar त्रिपुरेश्वर बस आगलागीमा घाइते चालकको ९० प्रतिशत शरीर जलेको चिकित्सकको भनाइ News Polar एउटै घरभित्र तीन दशकको इतिहास News Polar रसुवा–भोटेकोशी बाढीका सम्पर्कविहीनको तथ्यांक रुजु गरिँदै News Polar राष्ट्रसंघ महासभामा जानुअघि प्रधानमन्त्री शाहले कांग्रेस नेतासँग गरे छलफल News Polar बाढी प्रभावित क्षेत्रमा नेपाल टेलिकमद्वारा विभिन्न राहत तथा सञ्चार सुविधामा गरिएका थप व्यवस्था सम्बन्धम News Polar न्युयोर्कमा राष्ट्रसङ्घीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु News Polar उज्बेकिस्तानको समरकन्दमा चेस ओलम्पियाड, नेपाली खेलाडीहरु पनि प्रतिष्पर्धामा News Polar ओलीको असन्तुष्टि : बाहिरबाट हमला भइरहेका बेला पार्टीभित्रै समस्या सिर्जना भयो News Polar एमाले केन्द्रीय कमिटी बैठक सुरु,केन्द्रीय सदस्यलाई ३ मिनेट समय निर्धारण News Polar रिद्धिसिद्धी यातायातको बसमा चालकले लगाए आगो, घाइते चालक अस्पतालमा News Polar एमाले केन्द्रीय कमिटी बैठक सुरु News Polar त्रिपुरेश्वरमा रिद्धि सिद्ध यातायातको बसमा आगलागी News Polar परराष्ट्र मन्त्रालयमा जलवायु कूटनीति शाखा स्थापना News Polar नेपालगञ्जमा १५९औँ रामलिला घटस्थापनादेखि मञ्चन हुने

इन्डोनेशियामा भीषण ज्वालामुखी : कम्तीमा १३ को मृत्यु

इन्डोनेशियामा भीषण ज्वालामुखी : कम्तीमा १३ को मृत्यु
अ+ अ-

इन्डोनेशिया । इन्डोनेशियाको जाभा टापुमा शनिवार ज्वालामुखी विस्फोट हुँदा कम्तीमा १३ जनाको मृत्यु भएको र दर्जनौँ अरू घाइते भएको आपत्कालीन सेवामा जुटेका अधिकारीहरूले बताएका छन्।

माउन्ट सेमेरुबाट निस्किएको खरानीको बादलबाट बच्न स्थानीय बासिन्दाहरू भागिरहेका दृश्यहरू सार्वजनिक भएका छन्।

तस्बिरहरूमा देखिए अनुसार एउटा गाउँ पुरै ज्वालामुखीको खरानीले पुरिएको छ। गाउँका बासिन्दाहरूले जनाए अनुसार खरानीको बाक्लो बादलले सूर्यको प्रकाश छेकिदिँदा उनीहरू बसेको ठाउँमा अन्धकार छाएको थियो।

अधिकारीहरूका अनुसार ५७ जना घाइते भएका छन्। कैयौँलाई लाभाले नराम्ररी पोलेको छ। घाइतेहरूको विभिन्न अस्पतालमा उपचार भइरहेको जनाइएको छ।

ज्वालामुखी विस्फोट हुँदा लुमाजाङ जिल्लाका कम्तीमा ११ गाउँ खरानीले छोपिएका छन्। त्यसैले कैयौँ मानिसहरू मस्जिद र अस्थायी आश्रय स्थल पुगेका थिए।

उद्धार कार्य बाक्लो धुवाँ, बिजुली गएको र आँधीका कारण प्रभावित भएको छ। एक स्थानीय अधिकारी थोरिकल हकले रोयटर्सलाई बताए अनुसार मालङ सहर नजिकैको एउटा सडक र पुल पनि बन्द भएको छ।

उनले भने, 'यो विस्फोट हुने बित्तिकै यति धेरै गतिविधि भयो।' खरानी लाभा र पानीका कारण बाक्लो हिलो जम्मा भएको र त्यसले उद्धार कार्य पनि प्रभावित बनाएको अधिकारीहरूले बताएका छन्।

स्थानीय समय अनुसार साढे दुई बजे दिउसो ज्वालामुखी विस्फोट भएको थियो। खरानीको धुवाँबाट बनेको बादल १५ हजार मिटर सम्म पुग्न सक्ने भन्दै त्यो उचाइ धेरैजसो विमानको भन्दा माथिको भएकाले सतर्कता अपनाउन भनिएको छ।

माउन्ट सेमेरु स्थायी रूपको सक्रिय ज्वालामुखी बन्ने स्थितिमा रहेको र शनिवारको विस्फोटन असाध्यै ठूलो तहको भएको बताइएको छ।

माउन्ट सेमेरु समुन्द्री सतहभन्दा ३,६७६ मिटर उचाइमा छ र यो इन्डोनेशियाका १३० सक्रिय ज्वालामुखीमध्ये एक हो। त्यस अघि यो डिसेम्बर २०२० मा विस्फोट भएको थियो। (बीबीसी)

 

BPBD Provinsi Jatim dan BPBD Lumajang telah menuju lokasi untuk melakukan assesment dan evakuasi warga di sekitar Gunung Semeru. Silahkan mention jika ada yang dilokasi pic.twitter.com/FfRGJxHb6c

— PRB Indonesia BNPB (Disaster Risk Reduction) (@PRB_BNPB) December 4, 2021