९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar सिक्किमको रिम्बी गाउँमा भारी वर्षापछि विशाल पहिरो जाँदा घरहरू क्षतिग्रस्त; कुनै मानवीय क्षति नभएको जानकारी News Polar पोप फ्रान्स भ्रमणमा News Polar बोडे र मूलपानी जोड्ने पुल भासिएपछि यातायात आवागमन बन्द News Polar प्रज्ञा प्रतिष्ठानको बृहत् पुस्तक प्रदर्शनी सुरु News Polar प्रधानमन्त्रीको राष्ट्रसंघ सम्बोधनले जलवायु उत्थानशील नेपालको आधार तयार गर्‍यो : डा. ढकाल News Polar धादिङको बाङ्गेमा विशाल पहिरो, पृथ्वी राजमार्ग पूर्ण रूपमा अवरुद्ध News Polar ग्रिड कनेक्सन कार्यविधि मस्यौदामा इप्पानको असहमति, १९ बुँदे संशोधन प्रस्ताव News Polar इन्द्रजात्रा अवलोकन गर्न गद्दी बैठक पुगे राष्ट्रपति पौडेल-तस्विरसहित News Polar इन्द्रजात्राको मुख्य दिनः हनुमानढोकामा कुमारी, गणेश र भैरवको रथ तानिँदै-तस्विरसहित News Polar कर्णालीदेखि काठमाडौंसम्मको संघर्षपूर्ण यात्राबाट चर्चामा रेशम नेप्किङ, ‘पान मिठो कलकत्ताको’ सार्वजनिक News Polar रसुवा बाढीः सुरुङभित्र १० दिन फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज News Polar ऊर्जा आयोजनामा अवरोध गर्ने कांग्रेस नेता–कार्यकर्तामाथि कारबाही गर्छौं : गगन थापा News Polar हिमालयन बैंक र एससीटीबीच स्मार्टपे आईबीएफटी सेवा सञ्चालनसम्बन्धी सम्झौता News Polar २२ वर्षपछि काठमाडौंमा ‘सम्यक् महादान’, ३०१ सदस्यीय मूल समारोह समिति गठन News Polar पुराना दल र परीक्षण भइसकेका नेताको नेतृत्वमा मधेसको राजनीति अघि बढ्न सक्दैन : रामकुमार शर्मा News Polar मुुपात्रअर्थात् कही नभएको भक्तपुरको जात्रा News Polar सप्तकोशीमा पानीको बहाव बढेसँगै ३१ ढोका खोलिए News Polar कोरलानाका क्षेत्रमा बेमौसमी हिमपात News Polar ‘हुंकार मधेश’ अभियान घोषणा, वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने लक्ष्य News Polar धौलीगङ्गा जलविद्युत्को बाँध खोलिँदै, महकाली तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह

डा.महतको आग्रह– कम्युनिष्टका फोस्रा कुरामात्र नसुन्नुस

डा.महतको आग्रह– कम्युनिष्टका फोस्रा कुरामात्र नसुन्नुस
अ अ+ अ-

 

काठमाडौँ । नेपाली काँग्रेसका सहमहामन्त्री डा.प्रकाशशरण महतले नेपालमा कम्युनिष्ट सत्ता रहँदासम्म देशमा समृद्धि नआउने दाबी गर्दै अब कम्युनिष्टका कुरामात्र नसुन्न नेपाली जनतालाई आग्रह गरेका छन् ।

उनले भने ‘ कम्युनिष्टको प्रोपोगाण्डा भनेकै यथार्थमा पूरा हुनै नसक्ने सपनाहरु बाँड्नु हो, जुन अहिलेको कम्युनिष्ट सत्ताले त्यही काम गरेको छ यो सरकारबाट देशमा समृद्धि आउँदैन समृद्धिका लागि काँग्रेस नै चाहिन्छ ।

नेपाल महिलासंघ नुवाकोटद्धारा आज नुवाकोटमा आयोजित सभालाई सम्बोधन गर्दै सहमहामन्त्री डा.महतले कम्युनिष्टहरुको वर्तमान सरकार भ्रष्टाचारमा पूर्णतया लिप्त रहेको छ, यसले ठूला ठूला कमाउ धन्दा मात्र चलाएको छ, जनताको सरकारको अनुभूति कदापि दिन सकिरहेको छैन ।

डा.महतले जनतालाई समृद्धिको सपना बाँडेर सरकारले देशमा भ्रष्टाचारका ठूल्ठूला काण्डैकाण्ड मच्चाएको आरोप लगाए । उनको भनाई थियो– अहिले स्पष्ट भएको छ कि चुनाव ताकाको उनीहरुको राष्ट्रियताको नारा सबै सत्तामा जाने भर्याङ मात्र रहेछ, त्यो सबै भोट बटुल्ने तरिका मात्र रहेछ ।

सहमहामन्त्री डा.महतले यही सरकारको अगुवाइमा देशमा संस्थागत भ्रष्टाचार मौलाएको, सरकारी संरचनाहरुलाई पार्टीकरण गर्ने प्रयास गरेको, प्रेस स्वतन्त्रता हनन् गर्ने प्रयास गरेको, संवैधानिक निकायहरुलाई छायाँमा राख्न खोजेको र कर्मचारीमा दुई तिहाइ सरकारको त्रास देखाएर तर्साएर काम गराएको बताए ।

अब कम्युनिष्टहरुको तानाशाही सरकार देखिसकेका नेपाली जनताले आफ्नो विवेक पुर्याउन र चुप लागेर नबसुन् भन्ने आग्रह नेपाली काँग्रेसले गरेको उनले बताए । नेपाली काँग्रेसका हरेक कार्यकर्ताहरु जबसम्म यो सरकार सत्तामा रहन्छ, त्यतिन्जेल देशमा समृद्धि र स्वतन्त्रता सम्भव छ भन्ने निष्कर्षमा पुगिसकेकाले सबै नेपालीले अब सोच्नुपर्ने बेला आएको पनि उनले बताए ।

उनले काँग्रेसका कार्यकर्ताहरुलाई एकताबद्ध भएर लाग्न पनि आग्रह गरे । नेपाली काँग्रेसका साथीहरुले अब आफ्नो सत्रु पार्टी भित्रकै साथीहरु हुन् कि कम्युनिष्टहरु हुन् भनेर निधो गर्ने बेला भएको छ उनले भने । हामी आफै बलियो छौँ तर पनि काँग्रेसले काँग्रेसकै विरोध गर्ने र विपक्षमा लाग्ने प्रवृत्तिका कारण हामीले मार खाएका छौँ, यो कुरालाई अब बेलैमा मनन् गरौँ, उनको भनाई थियो ।

उनले काँग्रेस आफै एक भएर अघि बढ्न सकेमा आगामी निर्वाचनमा बहुमत ल्याउन काँग्रेसलाई कसैले पनि रोक्न नसक्ने जिकीर गरे । कम्युनिष्टका फोस्रा नारा र आश्वासन जनताले भोगिसकेका, देखिसकेका छन्, त्यसैले अब काँग्रेसले एक भएर देशलाई नेतृत्व दिन अघि बढ्नुपर्छ, उनले भने ।

नेपाली काँग्रेसले कामगर्छ कुरामात्र गर्दैन भन्ने कुरा अहिले आएर जनताले स्पष्ट बुझेको उनको दाबी थियो । अहिले देशमा जेजति विकास भएको छ त्यो सबै प्रजातन्त्र पुनस्र्थापनापछिको २०४८ र त्यसपछिका नेपाली काँग्रेसको सरकारले गरेको हो उनले भने ।