२८ जेष्ठ २०८३, बिहीबार
,
Latest
स्वास्थ्य मन्त्रालयद्वारा क्यान्सरको औषधिसहज उपलब्ध बिरामीलाई गराउने फोहर पानी नदी तथा खोलामा विसर्जन नगर्न निर्देशन कर्णाली मन्त्रिपरिषद्ः छ निर्देशनालय र तीन प्रशिक्षण केन्द्रको पुनःसंरचना गर्दै रास्वपा बागमती प्रदेश अधिवेशनः जेठ ३० गते मतदान इरानको रोक्का रकम युद्ध प्रभावित खाडीको पुनः निर्माणमा प्रयोग गरिने जसपा नेपालले १० जिल्लामा अगुवा कार्यकर्ता भेला गर्ने बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ अध्ययन भिसा सिफारिसमा अनियमितताबारे छानबिन र कारबाही अघि बढाउन गृहलाई पत्राचार मन्त्री चौधरीसँग महानिर्देशक वाङ्चुकको शिष्टाचार भेट अनुमतिबिना ठुलो पर्दामा विश्वकपको खेल देखाउन प्रशासनले रोक लगायो
तपाईं के खोज्दै हुनुहुन्छ ?

कम्युनिस्ट सरकारको अधिनायकवादी शैलीका कारण जनताले दुःख पाए : डा. महत



अ+ अ-

नुवाकोट । नेपाली कांग्रेसका सह–महामन्त्री डा.प्रकाशशरण महतले कम्युनिस्ट सरकारको अधिनायकवादी शैलीका कारण जनताले दुःख पाइरहेको आरोप लगाएका छन्।

नुवाकोटको पूर्वी भेगमा रहेको तादी गाउँपालिका–३ खरानीटारमा नेपाल महिला संघको संगठन सशक्तिकरण सम्बन्धी अन्तरक्रियामा डा. महतले सरकारको अधिनायकवादी शैली देशमा बढ्दै गएको भन्दै कम्युनिस्टको अधिनायकवादी सोच र तानाशाही प्रवृत्तिका विरुद्धमा सम्पूर्ण पार्टी पंक्ति ऐक्यबद्ध रुपमा परिचालित हुनु जरुरी रहेको बताए ।

मुलुकमा कम्युनिस्ट नेतृत्वको सरकारले निषेध र नियन्त्रणको राजनीति सुरु गरेको भन्दै यो कम्युनिष्ट सरकारबाट देशमा कहिल्यै समृद्धि प्राप्त नहुने उनले बताए । यो सरकारको अधिनायकवादी शैलीका विरुद्ध अब काँग्रेस एक भएर लडने उनले बताए ।