६ पुष २०८२, आईतवार
,
Latest
तेह्रथुमबाट गगन थापा एकल सिफारिस, प्रदेशले थप्यो सीता गुरुङको नाम पर्ल हार्बरका अन्तिम साक्षीमध्ये एक इरा स्काबको निधन राष्ट्रियसभा अध्यक्षसँग चिनियाँ राजदूतको बिदाइ भेट नेप्से परिसूचकमा १९ अङ्कको गिरावट रास्वपाको केन्द्रीय समिति बैठक बस्दै, सभापति रवि लामिछानेले सम्बोधन गर्ने वर्तमान सरकारले जेन–जीको नेतृत्व गर्न सक्दैनः मिराज ढुंगाना धार्मिक पर्यटनको गन्तव्य बन्दै उत्तरगङ्गा ढोरबराह सभामुख घिमिरेसँग चिनियाँ राजदूत सोङको बिदाइ भेट विधायन ऐन कार्यान्वयनमा सरकार सक्रियः कानूनमन्त्री सिन्हा सरकारलाई राष्ट्रिय सभाका सांसदहरुको प्रश्नः तोकिएको मितिमा निर्वाचन हुन्छ कि हुँदैन ?
तपाईं के खोज्दै हुनुहुन्छ ?

विदेशिने युवाहरुलाई स्वदेशमै व्यवसाय गर्ने नीति नियम बनाउछु : मन्त्री बिष्ट



अ+ अ-

काठमाडौं । श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण बिष्टले दैनिक कामका लागि विदेशिने युवाहरुलाई स्वदेशमै व्यवसाय गर्न प्रेरित गर्ने ढंगले सरकारले आवश्यक नीति नियम बनाउन लागेको बताएका छन् ।

१९ औं व्यवसायजन्य सुरक्षा दिवसको अवसरमा आइतबार राजधानीको प्रज्ञा प्रतिष्ठानमा आयोजित कोणसभालाई मन्त्री बिष्टले सम्बोधन गर्दे जुनसुकै पेशा र व्यवसायमा संलग्न सबै श्रमिकको व्यवसायजन्य सुरक्षाको प्रत्याभुत गर्ने प्रतिवद्धता व्यक्त गरे ।

उनले सबैलाई सामाजिक सुरक्षा ऐनको दायरामा ल्याएर उचित पारिश्रमिक, स्वास्थ्य सेवा, पेन्सन लगायतको सुनिश्चित गर्दै पनि बताए ।