६ आश्विन २०८१, आईतवार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

ला लिगाको उपाधिसँगै मेस्सीको बन्यो यस्तो किर्तिमान, जुन कसैले तोड्न सक्ने छैनन्



अ+ अ-

काठमाडौं । स्पेनिस ला लिगा फुटबलको यस सिजनको उपाधि बार्सिलोनाले जितेको छ। शनिवार सम्पन्न भएको खेलमा लेभान्टेलाई १-० ले पराजित गरेपछि बार्सिलोनाले ३ खेल अगावै लिगको उपाधि जितेको हो।

बार्सिलोनाको हिजोको जितमा निर्णायक गोल ६२ औं मिनेटमा लियोनेल मेस्सीले गरेका थिए। उक्त गोलसँगै मेस्सीले नयान् किर्तिमान कायम गरेका छन् ।

उनले सिजनमा ३४ गोल गर्दै सर्वाधिक गोलकर्तासमेत बने भने मेस्सीले ला लिगाको उपाधि १० औं पटक जिते । १० जितसँगै मेस्सी ला लिगाको उपाधि १० औं पटक जित्ने पहिलो खेलाडी बनेका छन्।

बार्सिलोनाको यो जितसँगै २६ औं पटक लिगको उपाधिमा कब्जा जमायो । हालसम्म रियल मड्रिडले सर्वाधिक ३३ पटक कब्जा जमाएको छ।