६ आश्विन २०८१, आईतवार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

सगरमाथा बेसक्याम्पको सफाइका क्रममा ४ वटा शव फेला



अ+ अ-
Nepal Earthquake Avalanche

काठमाडौं । सगरमाथा बेसक्याम्पको सफाइका क्रममा ४ वटा शव भेटिएको छ । वैशाख १ गतेदेखि सुरु गरिएको सो सफाइ अभियान हाल सगरमाथाको बेस क्याम्पमा पुग्ने क्रममा यी शव भेटिएका हुन् ।

बेसक्याम्प पुगेका सगरमाथा सफाइ अभियानमा जुटेको टोलीले सफाइको क्रममा हालसम्म ४ वटा शव भेटिएको संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालय, पर्यटन विभागका महानिर्देशक डण्डुराज घिमिरेले जानकारी दिए ।

४५ दिनभित्र सगरमाथाको फोहोर संकलन गरी सक्ने लक्ष्यका साथ सगरमाथा प्रदुषण नियन्त्रण समिति र सगरमाथा राष्ट्रिय निकुञ्जको संयुक्त टोली सहित नेपाल सरकार, खुम्बु पासाङ गाउँपालिका, नेपाली सेना, नेपाल पर्वतारोहण संघ, सगरमाथा सफाई अभियान सुरु गरेका हुन् ।

अभियान अन्तरगत हालसम्म ३ हजार किलोग्राम फोहोर संकलन गरिएको र त्यसमध्ये करिव १ हजार किलोग्राम फोहोर हेलिकप्टरमार्फत काठमाडौं ल्याइएको जानकारी गराइएको छ ।