६ आश्विन २०८१, आईतवार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

१९ घुस्या कर्मचारीविरुद्ध मुद्दा दायर



अ+ अ-

हेटौँडा । अख्तियार दरुपयोग अनुसन्धान आयोग हेटौँडा कार्यालयले विभिन्न बहानामा सेवाग्राहीसँग घुस लिने १९ कर्मचारीलाई रङ्गेहात पक्राउ गरी मुद्दा दायर गरेको छ ।

पक्राउ पर्नेमा निजामती प्रशासन, प्राविधिक तथा प्रहरीतर्फका तल्लो तहदेखि अधिकृतस्तरका कर्मचारी रहेको आयोगले जनाएको छ ।

भ्रष्टचार र अनियमितताका विषयमा सबैभन्दा बढी उजुरी बारा र पर्साबाट परेको आयोगका सूचना अधिकारी देवकुमार राईले बताए । कार्यालयको कार्यक्षेत्रभित्र पर्ने प्रदेश नं ३ का नौ र प्रदेश नं २ का दुई जिल्ला गरी ११ जिल्लाबाट उक्त उजुरी परेको सूचना अधिकारी राईले जानकारी दिए । उनका अनुसार यस अबधिमा ८१९ उजुरी परेका छन् । जसमध्य ४३८ उजुरीको छिनोफानो भइसकेको छ भने बाँकी ३८१ उजुरीमाथि छानबिन भइरहेको छ ।