६ आश्विन २०८१, आईतवार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

आईपीएल : दिल्लीद्धारा बैंगलोर सामू १८८ रनको चुनौती पेश, सन्दीपले केही बेरमा बलिङ गर्ने



अ+ अ-

काठमाडौं । दिल्ली क्यापिटलले इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत आइतबारको पहिलो खेलमा रोयल च्यालेन्जर्स बैंगलोर सामू १८८ रनको चुनौती पेश गरेको छ ।

टस जितेर ब्याटिङ रोजेको दिल्लीका लागि शिखर धवन र श्रेयश अयरले अर्धशतक बनाए। धवनले ३७ बलमा ५० रन बनाए भने अयरले ३७ बलमा ५२ रन बनाए। दिल्लीले पूरै २० ओभर खेल्दै पाँच विकेटको क्षतिमा १८७ रन बनायो।

दिल्ली ११ खेलबाट १४ अंकसहित शीर्ष तेस्रो स्थानमा छ । शीर्षस्थानमा रहेको चेन्नई सुपर किङ्सको १२ खेलबाट १६ अंक जोडेको छ भने मुम्बई इन्डियन्सको ११ खेलबाट १४ अंक जोडेको छ ।