१२ भाद्र २०८३, शुक्रबार
,
Latest
कठिन घडीमा प्रत्येक प्रभावित नागरिकसम्म राज्य पुग्नेछ : प्रधानमन्त्री तनहुँमा आज थप तीन शव फेला, पहिचानको प्रक्रिया अघि बढाइयो रसुवाको भोटेकोशी बाढीपछि दुप्चेश्वर धामको मानवीय साथ, राहत सहयोग गर्ने पहिलो धार्मिक संस्था बन्दै पाँच… भोटेकोशी बाढी प्रभावितका लागि सखुवाप्रसौनीद्वारा पाँच लाख सहयोग चार दिनको जिम्मेवारी, अब जीवनभरको पर्खाइ ओखलढुङ्गामा हर्षोल्लासका साथ ढ्वाङकुम पर्व मनाइयो बाढीपीडितका लागि एडिबीले ५० लाख अमेरिकी डलर अनुदान दिने भोटेकोशी बाढीः पोखरामा तीन शव पहिचान, एउटा आफन्तलाई बुझाइयो उद्योग परिसङ्द्वारा पाँच करोड २९ लाख बाढीपीडितका लागि सहयोग लागुऔषधसहित एक जना पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

तीन महिनाभित्र बाँकी लाइसेन्स प्रिन्ट हुने



अ+ अ-

काठमाडौं । यातायात व्यवस्था विभागले तीन महिनाभित्र बाँकी रहेका सवारी अनुमतिपत्र (लाइसेन्स)को प्रिन्ट गरिसक्ने जनाएको छ ।

समाचारको अनुसार मन्द्रास सेक्युरिटी प्रिन्टर्सलाई प्रिन्ट तथा कार्ड खरिदका लागि सम्झौता गरेपछि बाँकी काम छिट्टै सकिने विभागको दाबी छ । विभागका महानिर्देशक कुमारप्रसाद दाहालले बढीमा तीन महिनाभित्र बाँकी लाइसेन्स प्रिन्ट गरिसक्ने जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, ‘हामीले अबको तीन महिनामा प्रिन्ट र डेलीभरि गर्छौ, बाँकी रहेका लाइसेन्स सबै प्रिन्ट हुन्छ, पहिलो चरणमै सात लाख ५० हजार स्मार्टकार्ड ल्याउँछौं ।’

विभागमा प्रिन्ट गर्न बाँकी लाइसेन्सको संख्या छ लाख पुगेको छ । मास प्रिन्टरले प्रतिघण्टा पाँच सय स्मार्टकार्ड प्रिन्ट गर्ने र सफ्टवेयर पनि सोही अनुसार डिजाइन गरिने महानिर्देशक दाहालको भनाइ छ । प्रिन्ट गरेर सकिए लगत्तै प्रदेश कार्यालयबाट पनि लाइसेन्स प्रिन्टको काम सुरु गर्ने तयारी भएको विभागले जनाएको छ ।

साढे दुई वर्षसम्म लाइसेन्स नपाउने वा नवीकरण नहुने समस्या २०७२ सालमा स्मार्ट लाइसेन्स कार्ड लागु गरेपछि भएको हो तर विभागले दीर्घकालीन समस्याको समाधान खोज्न सकेको छैन । नत माग अनुसारको आपूर्ति नै गर्न सकेको छ । दैनिक १० हजारप्रति लाइसेन्सको माग छ तर विभागले दैनिक एकहजार पाँचप्रति मात्र प्रिन्ट गर्न सक्ने खबर आजको गोरखापत्र दैनिकले छापेको छ ।