१४ आश्विन २०८३, बुधबार Wednesday, September 30, 2026
१४ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar एसियाली खेलकुदः गल्फ र जुडोमा आजदेखि नेपालको प्रतिस्पर्धा News Polar पुण्यतिथिमा खर्च होइन, बुबाको सम्झनामा सामाजिक सेवा News Polar ‘अव्यवस्थित बसोबासबाट जग्गाधनीसम्मः जुनेली बस्तीको ३६ वर्ष’ News Polar जीवनभरको कमाइ कालीगण्डकीले लगेपछि द्विविधामा छन्, लामाखेतबासी News Polar गौतम बुद्ध विमानस्थल अन्तरराष्ट्रिय उडानको प्रतीक्षामा, निजी क्षेत्रको आशा सरकारतिर News Polar एसियाली खेलकुदः नेपाली धावक पालद्वारा राष्ट्रिय कीर्तिमान News Polar बैङ्किङ कसुरमा फरार रहेका एक पक्राउ News Polar भोटेकोशी बाढीपछिको अनुभव समेट्दै नयाँ जलवायु नीति बनाउन सुझाव News Polar प्रतिनिधिसभाको बैठक आज बस्दै, यस्तो छ सम्भावित कार्यसूची News Polar दुई जिल्ला जोड्ने सुनकोशी पुल छ वर्षदेखि अलपत्र News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar उत्पादनस्थल फोहर रहेको भन्दै उद्योगलाई दुई लाख जरिवाना News Polar धितोपत्र दलाल व्यवसाय सुदृढीकरण नीति लागू News Polar सर्भेयर खटाउने प्रक्रियालाई पारदर्शी बनाउन ‘अटोमेटिक सर्भेयर डेपुटेसन’ प्रणाली, परीक्षण सुरु News Polar ‘ठमेल पर्यटन भेन्ट्रान्स कप’ फुटबल प्रतियोगिताको उपाधि जोरपाटीलाई News Polar अन्तर्राष्ट्रिय नतिजाका लागि खेलकुद क्षेत्रमा लगानी बढाउनुपर्छः मन्त्री पोखरेल News Polar सङ्गीतको सङ्गम बन्यो नीर शाहको पलेँटी News Polar मुख्यमन्त्री शाहीसँग मन्त्रीहरूको कार्यसम्पादन सम्झौता News Polar नाला सफाइ गरी पानीको निकास खुलाइयो News Polar निर्माणाधीन दार्चुला अस्पताल पुस मसान्तमा सम्पन्न हुने

पुण्यतिथिमा खर्च होइन, बुबाको सम्झनामा सामाजिक सेवा

पुण्यतिथिमा खर्च होइन, बुबाको सम्झनामा सामाजिक सेवा
अ अ+ अ-

खोटाङ। नेपाल पत्रकार महासङ्घ जिल्ला शाखा खोटाङका अध्यक्ष हरिवोल आचार्यको परिवारले आफ्नो स्वर्गीय बुबाको वार्षिक पुण्यतिथिको अवसर पारेर आर्यघाटमा फलैँचा निर्माण तथा मन्दिर सरसफाइ गरेका छन् ।

स्वर्गीय बुबा हरिप्रसाद आचार्यको प्रथम वार्षिक पुण्यतिथिको अवसर पारेर परिवारका सदस्यले मङ्गलबार दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलको मेवाखोलास्थित गुप्तेश्वर आर्यघाटमा फलैँचा निर्माण तथा गुप्तेश्वर महादेव मन्दिर परिसर सरसफाइ गरेका हुन् ।

वार्षिक पुण्यतिथिमा गरिने फजुल खर्च कटाएर मृत्यु संस्कारका लागि आर्यघाटमा गएका मलामी तथा आफन्त बस्न मिल्नेगरी १४ वटा फलामको फलैँचा निर्माण गरेर स्थापना गरिएको पत्रकार महासङ्घका अध्यक्ष आचार्यले जानकारी दिनुभयो ।

“हाम्रो संस्कारमा आफ्ना आफन्तको मृत्यु भएको वर्षदिनमा सप्ताह पुरान लगाउने चलन छ । त्यो स्वर्गीय आफन्तले पाउँछन् भन्ने कुनै ग्यारेन्टी छैन”, उहाँले भन्नुभयो, “हप्तादिनसम्म लगाइने पुरानमा ठूलो खर्च हुन्छ । परिवारका सदस्य अतिथि संत्कार तथा पूजाआजामा खटिँदा गलेर हैरान हुन्छन् । त्योभन्दा सबैले उपभोग गर्न पाउनेगरी आर्यघाटमा फलैँचा निर्माण गरिदिएका हौँ ।”

पुण्यतिथिमा स्थापना गर्नेगरी दिक्तेलबजारमा रु एक लाख ५० हजार बराबरको १४ वटा फलामे फलैँचा निर्माण गरिएको आचार्य परिवारले जनाएका छन् । हिन्दु संस्कारअनुसार एकछाक खाएर बस्नेदिन अर्थात् पुण्यतिथिको अघिल्लो दिन सातवटा आर्यघाटमा लगेर स्थापना गरिएको र बाँकी सातवटा केही दिनपछि मौसम खुलेपछि स्थापना गरिनेछ ।

आर्यघाटमा फलैँचा निर्माणसँगै नजिकै रहेको गुप्तेश्वर महादेव मन्दिर परिसर सरसफाइ गरिएको आचार्य परिवारले जनाएका छन् । स्वर्गीय हरिप्रसाद आचार्यको परिवारले मृत्यु संस्कारमा गरिने फजुल खर्च कटाएर सामाजिक कामको थालनी गर्नु अरूका लागि पनि प्रेरणाको स्रोत बनेको स्थानीयवासी एवम् नेपाल कम्युनिष्ट पार्टी (एमाले) खोटाङका उपाध्यक्ष कुमार आचार्यले बताउनुभयो ।

तीन छोरा र तीन छोरीका स्वर्गीय बुबा हरिप्रसादको विसं २०८२ भदौ २६ गते ९२ वर्षको उमेरमा निधन भएको थियो ।

बुबाको पुण्यतिथि पारेर आर्यघाटमा स्थापना गरिएको फलामे फलैँचामा स्वर्गीय बुबा, आमा र दाजुको नाम उल्लेख गरिएको छ । स्वर्गीय हरिप्रसादका जेठा छोरा पर्शुराम र श्रीमती मनमायाँ आचार्यको यसअघि नै मृत्यु भइसकेको छ ।

निर्माण व्यवसायी तथा सामाजिक अभियन्ता हरिप्रसादको स्मृतिमा हरेक वर्षको पुण्यतिथिमा सामाजिक काम गर्ने योजना बनाइएको माहिला छोरा टङ्कप्रसादले बताउनुभयो ।  रासस