१४ आश्विन २०८३, बुधबार Wednesday, September 30, 2026
१४ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar २० वर्ष पुरानो धितोपत्र ऐन बदल्न लगानीकर्ताको माग, ‘कानुनी रिक्तताले कुशासन मौलायो’ News Polar दोस्रो बजारको गिरावटप्रति लगानीकर्ताको चिन्ता, नियामक निगरानी र नीतिगत सुधारमा जोड News Polar नेप्सेको संरचनागत सुधार अघि बढाउँदै सेबोन, रामेश्वर खनाल नेतृत्वको समितिको प्रतिवेदन कार्यान्वयन हुने News Polar निजामति सेवा विधेयकः कर्मचारीमा खैलाबैला, त्रासमा सरकार News Polar पुँजी बजार सुधारका लागि धितोपत्र बोर्डको तीन चरणको रणनीति News Polar धितोपत्र बजारमा लगानीकर्ताको सहभागिता बढ्दो, डिम्याट खाता ८० लाख नाघ्यो News Polar भोटेकोशी बाढी : ४३० मेगावाट विद्युत् अवरुद्ध भएपछि वैकल्पिक व्यवस्थापन गरिँदै News Polar काठमाडौं–१० प्रदेशसभा ‘ख’ सभापतिमा राजेन्द्र विक्रम बानियाँ विजयी News Polar राप्ती नदीमा पक्की तटबन्धले जोगियो तटीय बस्ती News Polar बाजुराका बाढीपहिरो प्रभावितलाई राहत सामग्री वितरण News Polar बागलुङमा बाढीपहिरोः ६१ घर गोठ बगे, ५१ घरमा आंशिक क्षति News Polar वैदेशिक रोजगारीलाई जितेको गोलभेँडाखेती News Polar सुशासन, सुधार र नयाँ आशाका छ महिना News Polar गौतम बुद्ध विमानस्थल अन्तर्राष्ट्रिय उडानको प्रतीक्षामा, निजी क्षेत्रको आशा नयाँ सरकारतिर News Polar पहुँचयोग्य आँखा स्वास्थ्य सेवाका लागि सहकार्य आवश्यक News Polar नारायणी किनार कहर : नगरपालिका बनाउँछ, नदी बगाउँछ News Polar बेनीमा खानेपानीको समस्या News Polar एसियाली खेलकुदः गल्फ र जुडोमा आजदेखि नेपालको प्रतिस्पर्धा News Polar पुण्यतिथिमा खर्च होइन, बुबाको सम्झनामा सामाजिक सेवा News Polar ‘अव्यवस्थित बसोबासबाट जग्गाधनीसम्मः जुनेली बस्तीको ३६ वर्ष’

भारतीय चुनावको चौथो चरणको मतदान आजः चर्चामा कन्हैयाको बेगुसराए

भारतीय चुनावको चौथो चरणको मतदान आजः चर्चामा कन्हैयाको बेगुसराए
अ अ+ अ-

काठमाडौं । आज भारतीय लोकसभा निर्वाचन अन्तर्गत चौथो चरणको मतदान भइरहेको छ । आजको निर्वाचनमा कुल ९६१ उमेद्वारको जितहारको छिनोफानो हुनेछ । ९ राज्यका विभिन्न ७१ सिटको लागि हुने निर्वाचनमा १२.७१ करोड मतदाताको सहभागी हुनेछन् ।

यो चरणको निर्वाचनमा धेरैको ध्यान विहारको बेगुसराईको सिटमा कायम छ । यस निर्वाचन क्षेत्रबाट चर्चित पूर्व–विद्यार्थी नेता कन्हैया कुमार केन्द्रीय मन्त्रीसमेत रहेका भाजपा उमेद्वार गिरिराज सिंहविरुद्ध उमेद्वार छन् ।

त्यस्तै अर्का उमेद्वार तनवीर हसनलाई पनि उत्तक्कै बलियो मानिएको छ । विहारमा बलियो मानिने लालु प्रसाद यादवको राष्ट्रिय जनता दलका उमेद्वार हसनसमेत प्रतिस्पर्धा त्रिपक्षिय देखिन्छ ।

कन्हैया जेएनयू विद्यार्थी नेता हुदाँ भारत विरोधी नारा लगाएको आरोपमा मुद्धा परेपछि राष्ट्रिय नजरमा परेका थिए । पछि उक्त नारा लगाइएको भिडियो ‘डक्टर्ड’ भएको पत्ता लागेको थियो । जेलबाट रिहा भएपछि विद्यार्थीमाझ उनले दिएको सम्बोधनले उनलाई भारतभर चर्चित बनायो ।

पछिल्लो समय कन्हैया कुमार मोदीका नीति र कार्यशैलीको प्रखर आलोचक रहदैं आएका थिए । उनको निर्वाचनमा र्यालीमा सहभागी हुन आएका धेरै सार्वजनिक व्यक्तित्व पनि मुख्यत मोदी आलोचकहरु नै थिए ।
कलाकार प्रकाश राज, स्वारा भाष्कार, शवाना आज्मी र गितकार जावेद अख्तरजस्ता मोदीका आलोचक उनको प्रचारमा सहभागी भएका थिए ।

तीन प्रतिस्पर्धी मध्य गिरिराज सिंहले मोदी र हिन्दूको नाममा मत मागिरहेका देखिन्छन् । अर्का उमेद्वार तनवीर हसन त्यस क्षेत्रको दोस्रो ठूलो मतदाता समुदाय मुलसमान मत आफूलाई आउनेमा ढुक्क छन् ।
कन्हैया भने जाति समुदायमा भन्दा पनि मुद्धामा केन्द्रीत छन् । धेरैले यसले उनलाई युवाको मत त तान्न सघाउने मानेका छन् । तर भारतीय निर्वाचनमा प्रधान हुने जातीय समिकरणमा ध्यान नदिदाँ उनको सम्भावनालाई असर पर्न सक्छ ।

सन् १९५२ मा पहिलो पटक यस निर्वाचन क्षेत्र निर्माण भएदेखि कन्हैयाको पार्टीले सन् १९६७ मा मात्र जितेको छ । ती दिन बेगुसराय विहारको लालकिल्ला थियो । कन्हैया ती पुराना दिनलाई पुनः फर्काउने कुरामा केन्द्रीत छन् । कन्हैयाको उमेद्वारी घोषणासँगै देखिएको उत्साह मतमा परिणत भए त्यो कठिन पनि छैन ।