१३ असार २०८३, शनिबार
,
Latest
गण्डकी प्रदेश महिला टी–२० क्रिकेट सुरु, स्याङ्जाको विजयी सुरुआत अफगानिस्तानमा ६.१ म्याग्निच्युडको भूकम्प भेनेजुएला : भूकम्पको ३२ घण्टापछि नवजात शिशुको सकुशल उद्धार लेबनान, इजरायल र अमेरिकाद्वारा त्रिपक्षीय सम्झौतामा हस्ताक्षर अष्ट्रेलियाले सामाजिक सञ्जाल प्रतिबन्ध उल्लङ्घन गर्ने प्लेटफर्मलाई दोब्बर जरिवाना लगाउने भेनेजुएलाको भूकम्पमा ९२० जनाको मृत्यु, ५० हजार बेपत्ता युरोपमा शनिबार १९ करोड ३० लाख मानिस उच्च तापक्रमबाट प्रभावित आगामी तीन दिन भारी वर्षाः कोशी र मधेसमा विशेष सतर्कता अपनाउन आग्रह प्यूठानको स्वर्गद्वारी नगरपालिकाका उपप्रमुख दुर्घटनामा मृत्यु निःशुल्क स्वास्थ्य शिविर, ३५५ जनाले लिए सेवा
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेता हुन त धरानका भिम राइ, जसले गरे यस्तो महान काम !



अ+ अ-

काठमाडौं । शनिबार र आइतबार धरानका एक नवविवाहित जोडी एकाएक अनलाइन मिडिया र सामाजिक सञ्जालमा भाइरल भयो। कारण थियो दलित समुदायकी बेहुली र गैर दलित समुदायका बेहुलाबीच भएको मागी विवाह।

बेहुला हुन् धरान १३ का नवीन राई। बेहुली धरान १५ की सुष्मा कालिकोटे (विश्वकर्मा) ।
नवीन र सुष्माले आधा दशक लामो चिनजान र प्रेमलाई सहज रुपमा विवाहमा परिणत गरेका हन्। उनीहरुको निर्णयलाई दुबैका परिवारले सहर्ष स्वीकार गरेका छन्।

नवीनको परिवारले शुक्रबार साँझ सुष्माको घरमा पुगेर रितअनुसार ‘चोरको सोर’ (भगाएर बिहे गरेपछि रीत बुझाउने चलन) बुझाएको छ। दुबै पक्षले नवीन र सुष्माको निर्णयलाई स्वीकार गरी अनुमोदन गरेपछि शनिबार साँझ केटा पक्षले टिकाटालो गरेर आफन्त र साथीभाइलाई पार्टी दिएको नागरिक दैनिकमा खबर प्रकाशित छ ।