६ आश्विन २०८१, आईतवार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

बसको ठक्करबाट साइकलयात्रीको मृत्यु



अ+ अ-

गौशाला । आइतबार साँझ महोत्तरी जिल्लाको जलेश्वर– जनकपुर सडकखण्डमा यात्रुबाहक बसले ठक्कर दिँदा एक साइकलयात्रीको मृत्यु भएको छ ।

आइतबार साँझ करीब ५ बजेतिर जनकपुरबाट जलेश्वरतर्फ जाँदै गरेको ना ५ ख ६१३५ नम्बरको यात्रुबाहक बसले पिपरा गाउँपालिका–५ मा साईकलयात्रीलाई ठक्कर दिदा जिल्लाको पिपरा गाउँपालिका–७ बस्ने अन्दाजी २४ वर्षको राज मुखिया रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काले बताउनुभयो ।

प्रहरीले ठक्कर दिने बस र चालक प्रहरीको नियन्त्रणमा रहेको जनाइएको छ ।