६ आश्विन २०८१, आईतवार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

कञ्चनपुरमा आगलागीबाट सात लाख बढीको क्षति



अ+ अ-

कञ्चनपुर । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–४ असैनाका धौली लुहारको घरमा गए राति आगलागी हुदा रु सात लाख ५० हजार बढीको क्षति भएको छ ।

इलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक रमेश अवस्थीका अनुसार चुलोबाट सल्केको आगोले लत्ताकपडा, भाँडाकुँडा, भण्डारण गरेको अन्न, कागजात र घर पूरै जलेर नष्ट भएको छ ।
घरको चुलोमा खाना बनाएर कोइला ननिभाउँदा त्यसबाटै घरमा आगो लागेको हुनसक्ने प्रहरी निरीक्षक अवस्थीले बताए ।

खाना खाएर लुहार परिवार अर्कैको घरमा सुत्न गएका रहेछन् उहाँले भन्नुभयो, “राति घरमा छिकेकीले आगो दन्केको देखेपछि उनलाई खबर गरेपछि आगो निभाउने प्रयास गरियो ।

स्थानीय बासिन्दा र प्रहरीको सहयोगमा दुई घण्टापछि आगोमाथि नियन्त्रण कायम गर्न सकियो ।” लुहारको घर पूरै जले पनि आगोमाथि नियन्त्रण गरिँदा छिकेकीका घर भने आगलागीबाट जोगिएका छन् ।