६ आश्विन २०८१, आईतवार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

भारतीय लोकसभा चुनाव : चौथो चरणको मतदान शुरु,प्रधानमन्त्री मोदीद्धारा सहभागी हुन आमजनतालाई आह्वान



अ+ अ-

नयाँदिल्ली । भारतको तल्लो सदन लोकसभाका लागि चौथो चरणको मतदान शुरु भएको छ । भारतीय निर्वाचन आयोगका अनुसार ९ वटा राज्यका ७१ स्थानका लागि सोमबार मतदान भइरहेको छ ।

निर्वाचन आयोगका अनुसार, चौथो चरणको निर्वाचनमा १२ करोड ७९ लाख मतदाता रहेका र उनीहरुले ९४५ जना उम्मेदवारको भाग्यको फैसला गर्नेछन् ।

निर्वाचन आयोगका अनुसार, बिहारमा पाँच, जम्मु काश्मिरमा एक, झारखण्डमा तीन, मध्यप्रदेश र उडिसामा ६–६, महाराष्ट्रमा १७, राजस्थान र उत्तर प्रदेशमा १२–१२ तथा पश्चिम बंगालमा आठ स्थानमा चुनाव हुँदैछ ।

उडिसामा ४२ स्थानको विधान सभाका लागि पनि मतदान हुँदैछ ।

प्रधानमन्त्री नरेन्द्र मोदीले आमजनतालाई ट्वीटर मार्फत मतदानमा सक्रिय सहभागी हुन आह्वान गरेका छन् । उनले युवावर्गले मतदानमा भाग लिएर मुलुकको भाग्य बदल्न विशेष भूमिका खेल्नुपर्नेमा जोड दिए ।

जम्मु काश्मिरको अनन्तनाग लोकसभाका लागि चुनाव जारी छ । यहाँ ४३३ वटा मतदान केन्द्र राखिएका र करिब ती लाख ४४ हजारले मतदान गर्ने विश्वास गरिएको छ ।

यसअघि अप्रिल २३ मा भएको तेस्रो चरणको चुनावमा १४ राज्य र एउटा केन्द्र शासित राज्यमा गरी ११६ स्थानका लागि मतदान भएको थियो । तेस्रो चरणको यस चुनावमा करिब १८ करोड ५६ लाख मतदाता रहेका थिए ।

यस्तै गत अप्रिल १८ मा भएको दोस्रो चरणको निर्वाचनमा ११ वटा राज्य र एउटा केन्द्र शासित राज्यमा गरी ९५ स्थानका लागि मतदान भएको थियो ।