६ आश्विन २०८१, आईतवार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

बृहत्तर जनताको हितका लागि राजनीतिमा सक्रिय हुन्छु : चौधरी



अ+ अ-

काठमाडौं । नेपाली कांग्रेसका नेता एवं सांसद विनोदकुमार चौधरीले बृहत्तर जनताको हितका लागि आफू राजनीतिमा सक्रिय हुने बताएका छन् । उनले सबैकुरा ठीकठाक भएपनि राजनीति बिग्रियो भने देश नबन्ने भएका कारणले देशलाई परिर्वतन गर्न आफू अग्रसर रहेको बताए ।

त्रिभुवन विश्वविद्यालयको व्यवस्थापन केन्द्रीय विभागले आयोजना गरेको अन्तरक्रियामा बन्दै सांसद चौधरीले भने सबैकुरा ठीकठाक भएपनि राजनीति बिग्रियो भने देश बन्दैन । त्यसैले राजनीतिलाई जनता र समृद्धिसंग जोड्ने संकल्प मैले लिएको छु’।

उद्योगीका रुपमा आफूले नेपालको निजीक्षेत्रलाई अहिलेको अवस्थामा ल्याउन लिएको अग्रसरताले आज नीजिक्षेत्रलाई सम्मानजनक अवस्थामा पुर्‍याएको भन्दै चौधरीले अब बृहत्तर जनताको हितका लागि आफू राजनीतिमा सक्रिय हुने बताए।