६ आश्विन २०८१, आईतवार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

श्रीलंकामा अबदेखी बुर्का लगाउन नपाइने



अ+ अ-

काठमाडौं । श्रीलंकामा अबदेखी अनुहार छोप्न लगाइने पहिरन (बुर्का)मा प्रतिबन्ध लगाइएको छ। सोमबारदेखि लागू हुने गरी त्यहाँको सरकारले उक्त कानून लगाएको हो ।

बिबिसीका अनुसारअब कसैले पनि अनुहार छोपिने र पहिचानमा अवरोध हुने खालका पहिरन लगाउन पाउनेछैनन्। गत साता भएका शृङ्खलाबद्ध आत्मघाती विस्फोटनमा २ सय ५० भन्दा बढी व्यक्तिको ज्यान गएपछि श्रीलंकाले अनुहार छोप्न लगाइने पहिरनहरूमा प्रतिबन्ध लगाएको हो।

शृङ्खलाबद्ध आत्मघाती बम विस्फोटन हुनुभन्दा अघि पनि श्रीलङ्कामा अनुहार छोप्ने खालका परिहरनमा प्रतिबन्ध लगाउने माग गरिँदै आएको थियो।