६ आश्विन २०८१, आईतवार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘जनमत दो, आजादी लो’को नारा लगाउदै सीके राउत पुगे निर्वाचन आयोग



अ+ अ-

काठमाडौं । ‘जनमत दो, आजादी लो’ भन्ने नारासहित विखण्डनकारी अभियानका मूख्य नाइके डा. सीके राउतले दल दर्ता गर्नेको लागि निर्वाचन आयोगमा निवेदन दिएका छन् । सरकारसँग भएको सम्झौतापछि जनमत पार्टी नामकारण गरेका उनले आइतबार दल दर्ताको निवेदन दिएका हुन् ।

दल दर्ता गर्नको लागि उनि सहित ३५ जना केन्द्रीय सदस्य पनि आयोग पुगेका थिए ।

सरकारसँग गएको फागुन २४ गते भएको ११ बुँदे सम्झौतापछि चैत ४ गते सिराहाको लहानमा बसेको बैठकले स्वतन्त्र मधेस गठबन्धन भंग गरी जनमत पार्टी गठन गर्ने निर्णय गरेको थियो । त्यही अनुरुप निर्वाचन आयोगमा दल दर्ताको निवेदन दिएको हो ।