६ आश्विन २०८१, आईतवार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

हावाहुरी पिडितको घर निर्माण वैशाख २१ गतेदेखि सुरु गर्ने मन्त्रीको घोषणा



अ+ अ-

वीरगञ्ज । उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलले बारा र पर्सामा हावाहुरीका कारण घरबारविहीन भएका सर्वसाधारणको घर निर्माण वैशाख २१ गतेदेखि सुरु हुने बताएका छन् ।

बारा जिल्लाको फेटा गाउँपालिका–६ पुरैनियाँमा पत्रकारसँग कुराकानी गर्दै मन्त्री पोखरेलले ७ सय ५० जना इन्जिनियरहावाहुरी प्रभावित क्षेत्रमा खटाएर १२ ठाउँमा १२ वटा समूह बनाएर एकै चोटि घर बनाउने काम शुरु गरिने बताए ।

उनले हावाहाहुरी प्रप्रभावितका लागि नेपाली सेनाले घर बनाउन लागेको कारण निर्माण कार्यमा कुनै पनि नीतिगत प्रश्नले बाधा नपुग्ने बताए ।

सरकारले बारा पर्साका हावाहुरी प्रभावित एक हजार ४५३ घर बनाउन नेपाली सेनालाई ८४ करोड ६८ लाख ७६ हजार १४० रुपैयाँ प्रदान गरेको छ ।