६ पुष २०८२, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

चर्काे आलोचना पछि नेकपा बैठकमा बालुवाटार जग्गा प्रकरणले पायो प्रवेश



अ+ अ-

काठमाडौं । लगातारको चर्काे आलोचना पछि सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीको सचिवालय बैठकमा बालुवाटारको ललिता निवासको जग्गाको बिषयले प्रवेश पाएको छ ।

सरकारको नीति तथा कार्यक्रमबारे सुझाव दिन आज बसेको बैठकमा महासचिव विष्णुप्रसाद पौडेलले बालुवाटारस्थित ललिताविनास परिसरमा रहेको जग्गा कानुन अनुसार खरिद गरेको वा नगरेको बारेमा छलफल भएको हो ।

पूर्वसचिव शारदा त्रितालको नेतृत्वमा गठित आयोगले महासचिव पौडेलले किनेको आठ आना जग्गा सरकारी भएको बताएको छ। उक्त आयोगको प्रतिवेदन अनुसार नै मन्त्रिपरिषदको निर्णय कार्यान्वयनका लागि उक्त जग्गा रोक्का राखिएको भूमि सुधार मन्त्री पद्मा अर्यालले बताएकी छिन् ।